बारामा एकै परिवारका ३ जनाको हत्या, मृतकका पति पक्राउ

तराइ संचार
तराइ संचार 873 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । आफनै पत्नी, छोरा र छोरीको हत्या गरेको आरोपमा मृतकका पति पक्राउ परेका छन् । बाराको प्रसौनी गाउँपालिका ५ प्रस्टोका गाँउमा एकै परिवारका तीन जनाको हत्या भएपछि मृतकका पति ३१ बर्षिय दिपेन्द्र चौधरी पक्राउ परेका हुन् ।

प्रस्टोका गाँउ नजिक रहेको ढोरा खोला किनारमा एकै परिवारका ३ जनाको हत्या भएको अबस्थामा लास फेला परेपछि फरार रहेका चौधरी भाग्ने क्रममा घाईते भएको र उपचार गराईरहेको अबस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हत्या हुनेमा २५ वर्र्षीया श्रीमति सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरो राजवीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आज दिउसो २ः३० बजे घटनाबारे जानकारीमा आएपछि तत्काल प्रहरी परिचालन गरी पतिलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख समेत रहेका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भयो । घटनाको थप विवरण र अनुसन्धान हुन बाँकी रहेपनि घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको देखिएकोले प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content