बारा । नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित तीन जनाले नेकपा एमाले पार्र्टी परित्याग गरेका छन ।
बारा क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठ सहित प्रस्तावक र समर्थक बसेका अन्य दुईले समेत राजिनामा दिएका हुन । पार्टीले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएपछि उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेका हुन ।
राजीनामा दिनेमा एमालेका यमबहादुर खड्का (नारायण) र गोपाल लम्साल रहेका छन । एमाले पार्र्टीले भुगोल समेत नमिलाई एकै स्थानका नेताहरुलाई टिकट दिएको, पार्टीले टिकट दिदा योगदानको मुल्याङकन नगरेकाले पार्र्टी परित्याग गरेको बताएका छन । एमालेले प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरीलाई उम्मेदवार बनाएपछि असन्तुष्ट भएका श्रेष्ठले आज पार्टी परित्याग गरेका हुन ।
साविक निजगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्र्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा क्षेत्र नम्बर १ क बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । श्रेष्ठले यसअघि स्थानिए तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराए पनि स्थानीय अग्रज नेताहरुले प्रदेशमा प्राथमिकता दिने भनी फिर्ता भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले समयमै उम्मेदवारी फिर्ता नगरेका कारण चार लाख ५० हजार स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाएकोले जरिवाना बुझाएर उम्मेदवार बनेका हुन ।