निजगढ । एकताबद्ध देश खेलकुदको सन्देश भन्ने नाराकोसाथ भोली असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुन गई रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आज मधेश प्रदेश अन्र्तगतका तेक्ब्वान्दो खेलाडि प्रस्थान गरेका छन् । मधेश प्रदेशबाट ३६ खेलमा खेलाडिहरुले प्रतिस्पर्धा गर्न खेलाडिहरु त्यसतर्फ लागेका हुन ।
प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामा हुनेछ । तेक्वान्दो खेलमा मधेशबाट २१ जना खेलाडी छनौट भएकोमा खेलाडिहरुलाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक गुरुप्रसाद गौतम र निजगढ वडा नं. ९ का वडा सचिब सपना ढुङगाना र वडा सदस्य वविता श्रेष्ठ लगायतले खेलाडीहरुलाई बिदाई गरेका हुन । तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठले आफुहरु प्रदेशबाट तेक्वान्दोमा चार स्वर्ण ल्याउने गरी तयारी गरेको बताए ।
त्यसैगरी यस अघि प्रतियोगितामा निजगढबाट तेक्वान्दो खेलमा सहभागी भएका खेलाडीहरुलाई निजगढ नगरपालिकाले ट्रयासुट उपलब्ध गराएर बिदाई गरेको छ । नगरपालिकाको तर्फबाट बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सुरथ पुरीले उच्च मनोबलकासाथ मेडल लिएर आउन खेलाडीलाई आग्रह गर्दै मेडल ल्याउने खेलाडिलाई नगरपालिकाले उचित सम्मान गर्ने बताउनु भएको छ ।
कार्यक्रममा उपप्रमुख सोममाया थिङ, वडा नं.९ का अध्यक्ष रामचन्द्र कटुवाल, ६ का घनश्याम तिमल्सिना, ५ का सुर्य थापा, ८ का स्वर्ण लामा, १ का मंगल लोप्चन, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल लगायतको सहभागिता रहेको थियो ।