ट्रक बाट अवैध लागु औषध तथा ट्रक वरामद

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा/ बारा प्रहरीले अवैध लागु औषध तथा ट्रक वरामद गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित इलाका प्रहरी कार्यालय जितपुर बाट खटिएको प्रहरी टोलीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नं. को ट्रक प्रहरीले चेकजाँच गर्दा ट्रकको पछाडी ढालामा लुकाई छिपाई राखेको अवस्थामा ७ ओटा बोरामा १४ पोका (१४७ किलो ग्राम) अवैध लागू औषध गाँजा वरामद गरेको छ । साथै चेकिङ टोलीलाई देखी बिच बाटोमा नै रोकी ट्रक चालक र सह-चालक भने फरार रहेका छन् ।
अवैध लागु औषध तथा ट्रक लाई बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याई उक्त कार्यमा संलग्न भई फरार रहेका व्यक्तिको खोजतलास र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बिश्वास एफ एम लाई जनाएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content