कलैया । बारामा अवैध हातहतियार सहित एक जना पक्राउ परेका छन । पचरौता न।पा।वडा नं. ८ बाजोपट्टी टोल बस्ने वर्ष २९ को अमर राय यादवलाई एक थान पेस्तोल र एक चक्कु सहित पक्राउ परेका हुन ।
अपराधिक गतिविधि न्यूनिकरण गर्दै अगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उदेश्य अनुरूप सिमावर्ती भारतीय जिल्लाहरूबाट अवैध सानो हातहतियार नेपाल भित्रिन नदिन जिल्ला प्रहरी कार्यालय समेतबाट परिचालन भएका प्रहरी टोलीले प्राप्त गोप्य सूचनाको आधारमा पचरौता न।पा वडा नं. ९ तियर खोला पुल स्थितमा खानतलासी गर्दा निजले बोकी ल्याएको प्लाष्टिकको बोराको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा सो हतियार बरामद भएको प्रहरीले जनाएको छ ।
निजलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ ९पाँच० को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।