जनताले फेरी काग्रेसलाई बहुमत दिने -खानेपानी मन्त्री उमाकान्त चौधरी

तराइ संचार
तराइ संचार 639 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । खानेपानी मन्त्री उमाकान्त चौधरीले जनताले फेरी काग्रेसलाई बहुमत दिने बताउनु भएको छ । बारा क्षेत्र नं. १ मा प्रतिनिधि सभाको आज आईतबार उम्मेदबारी दिदै मन्त्री चौधरीले सो कुरा बताउनु भएको हो । मन्त्री चौधरीले पटक पटक यो देशमा संकट परेका बेला नेपाली काग्रेसले नै निकास दिएको बताउनु भयो ।

दुई तिहाईको सरकार बनाएपनि कमनिष्ट सरकारले झुटा आश्वसन र संसद विघटन गरी अराजकता ल्याउन खोजेकोले पनि जनताले काग्रेसलाई बिश्वास गर्ने उहाँले बताउनु भयो । उनले पार्टीमा कुनै विवाद नरहेको र एक ढिक्का भएर निर्वाचनमा होमिएको मन्त्री चौधरीले बताउनु भयो । चौधरीको प्रतिस्पर्धा नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनालीले उम्मेदबारी दिएका छन ।

चौधरी यस क्षेत्रबाट चार पटक विजयी भई सकेका छन भने यो पाँचौ पटक प्रतिनिधि सभामा उम्मेदबार बनेका हुन । क्षेत्र नं १ मा प्रतिनिधि सभामा मन्त्री चौधरी र विभिन्न अन्य दल र स्वतन्त्र गरी एक दर्जन सदस्य उम्मेदवार बनेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content