बारा । बारा जिल्लाको चार क्षेत्रमा पाँच मन्त्री प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन ।
एक मन्त्री सहित चार पुर्व मन्त्रीलाई बागी र स्वतन्त्रको चुनौति दिएका छन् ।
मुख्य गरी सत्ता गठबन्धन र एमाले गठबन्धन बिच प्रतिस्पर्धा भएपनि बागी र स्वतन्त्र कसले कति मत ल्याउने र कसको मत बढी काट्टे भन्नेले पनि मन्त्रीहरुलाई चुनैति रहेको छ । त्यसो त दलकै नेताहरु स्वतन्त्रबाट धेरै उठेकोले स्वतन्त्रलाई जनताले के गर्छन अहिले परिक्षाको घडी छ ।
एक बहालवाला मन्त्री सहित चार पुर्व मन्त्रीहरु छुट्टाछुट्टै राजनैतिक दलबाट मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेदबार बनेका हुन ।
प्रतिनिधि सभामा प्रतिस्पर्धामा उत्रिएकाहरुमा खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाली काग्रेस पार्टीबाट जिल्लाको क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् ।
त्यसैगरी पुर्व वनमन्त्री रामसहाय यादब जनता समाजवादी पार्टी क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा उत्रिएका छन । त्यस्तै पुर्व भुमीसुधार मन्त्री ज्वाला साह नेकपा एमाले क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकीछिन ।
त्यसैगरी क्षेत्र नं. ४ बाट पुर्व खेलकुद मन्त्री एकवाल मियाले एमाले र पुर्व श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले नेकपा समाजवादी पार्टीबाटउम्मेदबारी दिएका छन् ।
अधिकाश क्षेत्रमा सत्ता गठबन्धन र एमाले गठबन्धनबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
पार्टीहरुले उम्मेदबारमा समेट्न नसकेपछि बारामा प्रतिनिधि सभामा कुल ८० उम्मेदवारी परेकोमा ३२ जना स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । पार्टी परित्याग गरी स्वतन्त्रबाट बागी उम्मेदवारी दिनेमा सबै जसो दलका रहेका छन ।
प्रतिनिधि सभामा उम्मेदवारी दिनेमा एक पुर्व मन्त्री महिला र चार दलित रहेका छन । दलित मध्ये दुई साना दलबाट र दुई स्वतन्त्र उम्मेदवार हुन ।
प्रतिनिधि सभामा उम्मेदबारी दिनेमा सबैभन्दा बृद निजगढ घर भई क्षेत्र नं. १ बाट उम्मेदवार बनेका ८१ ब्र्षिय कृष्ण राज गिरी छन भने सबै भन्दा कम उमेरका २७ बर्षिय उम्मेदवार स्वतन्त्रबाटै धर्मेन्द्र साह रहेका छन । उद्योगी ईच्छाराज वाग्ले, पत्रकार अनिल गुप्ता, अधिवक्ताहरु अरुण ज्ञवाली, गणेश धिमाल लगायतको उम्मेदवारी रहेको छ ।
क्षेत्र नं. १ मा काग्रेसका मन्त्री चौधरीसग एमालेका पोलिट ब्युरो सदस्य अच्युत मैनालीसग र क्षेत्र नं. २ का जसपाका पुर्व मन्त्री यादबको माओवादीका शिवचन्द्र कुश्वाहासग, लोसपाका लालबाबु सिहको जसपाका रामबाबु यादब र एमालेकी पुर्व मन्त्री ज्वाला साहसग र एमालेका एकवाल मियाको नेकपा एकिकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठ किसानसग मुख्य प्रतिस्पर्धा रहेको छ ।
बारामा १८ बर्ष पुरा हुने एक लाख ९६ हजार छ सय १२ महिला, दुई लाख ३६ हजार आठ सय ८० पुरुष तथा १२ जना अन्य गरी कुल चार लाख ३३ हजार पाँच सय चार मतदाताहरु रहेका छन । त्यस्तै तीन सय पाँच मतदान स्थल र पाँच सय ५५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताउनु भयो ।
मुख्यमन्त्रीका दाबेदार बारा दुई
बाराको प्रदेश सभा निर्वाचनमा पनि तिव्र प्रतिस्पर्धा हुने भएको छ । मधेश प्रदेशका सभामुख सरोज कुमार कुश्वाहा पुनः प्रदेश सभामा बारा क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा उम्मेदवारी दिएका छन् ।
मधेश प्रदेशको भावी मुख्यमन्त्रीको दावी गर्दै यादबले उम्मेदवारी प्रदेशमा गरेका हुन । यस अघिपनि मुख्यमन्त्री मागेको भएपनि बाध्यताबस सभामुख बनेको भएपनि अहिले मेरो विकल्प नभएको उनले बताए ।
एमाले जसपा गठबन्धनबाट उनी उम्मेदवारी दिएका हुन । आफु सभामुख भएर अरुको भन्दा राम्रो काम गरेको बताउदै निर्वाचन पछि मधेश प्रदेशमा एमाले जसपा गठबन्धनको सरकार बन्ने बताउदै आफुनै मुख्यमन्त्रीको एकल उम्मेदवार भएको यादबले बताउनु भयो ।
क्षेत्र नं.४ बाट पुर्व मधेश प्रदेशका मन्त्री जितेन्द्र सोनलले उम्मेदबारी दर्ता गराएका छन । उम्मेदबारी दिएका पुर्व प्रदेश मन्त्री सोनलले सबै गठबन्धनका दलले आफुलाई माया गर्ने बताउनु भयो । सोनलले सबै तिर आफुनै मुख्यमन्त्रीको उम्मेदबार भएको र गठबन्धन दलमा समेत लोसपालाई मधेश प्रदेशको सरकार बनाउन दिनुपर्ने माग गरेका छन् ।
यस अघिपनि पटक पटक मुख्यमन्त्रीका दाबेदार मानिएका सोनल लोसपासगै सत्ता गठबन्धन काग्रेस , माओवादी, नेकपा समाजवादी र जनमोर्चा लगायतको समर्थनमा उम्मेदबार भएका हुन । उनको मुख्य प्रतिस्पर्धा जसपाका आत्मराम साह छन ।
युवा व्यवसायी संतोष कुहवाहाले जीतपुरसिमरा उपमहानगरपालिकाको ३७,६०,००० पटके कर चुक्ता गरी बारा क्षेत्र नम्वर ४ क बाट उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय पुगेर हाम्रो नेपाली पार्टी लौरो चिन्हबाट कुशुवाहाले उम्मेदवारी दर्ता गराएका हुन । कुश्वाहाले २०७५/७६ को बाकी बक्यौता रकम तिरेका हुन ।
त्यस्तै बारा निर्वाचन क्षेत्र नं. १ को क बाट प्रदेश सभामा उम्मेदबार बनेका एक बहादुर श्रेष्ठले चार लाख पचास हजार स्थानीय तहमा उम्मेदवार भई खर्च विवरण नबुझाएकोमा जरिवाना तिरेर उम्मेदवार बनेका छन । सबै पार्टीहरुले बागी उम्मेदवार भएकाहरुलाई पार्टीबाट कार्वाही गरेका छन ।