किसान श्रेष्ठलाई आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको स्पष्टीकरण

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेकपा एकीकृत समाजवादीका नेता एवम पुर्व मन्त्री बारा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानलाई आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

   श्रेष्ठलाई आफैं वा प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।श्रेष्ठको विषयमा केही दिनअघि युट्युबमा सार्वजनिक भिडियोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

   किसान श्रेष्ठके चुनावी फन्डा भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियो मार्फत् बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिएको भन्दै त्यसप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

  यसअघि श्रेष्ठविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी दर्ता भएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा अनलाईन मार्फत उजुरी परेको र आँफूले आवश्यक कारवाहीका लागि निर्वाचन आचारसंहिता अनुगमन समितिमा पठाएको बारा क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत कर्णबहादुर राईले जानकारी दिएका छन् ।

  बैदेशिक रोजगारीमा जाने युवाको प्रि अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री किसान श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित आइतबार मतदाता प्रभावित पार्ने प्रयास गरेको आरोप छ । ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया जाने युवाहरुको अन्तर्वार्ता राखेको थियो । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै विवादमा परेपछि अन्तर्वाता स्थगित गरि म्यानपावर कम्पनीका प्रतिनिधि काठमाडौं फर्किएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content