नागरिकता बिधेयक फिर्ता पठाउदा समेत केपी ओलीसग उपेन्द्र यादवले कसरी तालमेल गरे – मन्त्री चौधरी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल सरकारका खानेपानी मन्त्री एवम नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ईसरामा राष्ट्रपतिले नागरिकता बिधेयक फिर्ता पठाउदा समेत मधेसको मसिहा भन्ने उपेन्द्र यादव केपी ओली कसरी तालमेल गर्न सकेको बताएका छन ।

तराई मधेसको बिकास नेपाली काँग्रेस पार्टीले मात्र गर्ने बताएका मन्त्री चौधरीले बारा निर्वाचन क्षेत्र नम्बर १ को प्रचारप्रसार समितिको कार्यालयलाई कोल्हीमा उदघाटन गर्दै सो कुरा बताएका हुन । यादवले जहिलेपनि सता र शतिmको राजनितिकलाई मुल मन्त्र बनाई मधेसी जनताहरुलाई धोका दिने काम गर्दै उनले बताए । राजनितिक पार्टीका लागि चुनाव लडदै आएको भएपनि सबै चुनावमा पार्टी फेर्ने र चुनाव चिन्ह अर्कोबाट चुनाव लडदै आएको मन्त्री चौधरीले पष्ट पारे ।

तराई मधेसमा मात्र करिब सवा सात लाख नागरिक नागरिकताबाट बंचित भएको अवस्थामा अहिलेको काँग्रेस सरकारले सदनबाट नागरिकता बिधेयक पास गरेर राष्ट्रपतिमा पास गर्नका लागि पठाएपनि राष्ट्र«पति बिध्या देवी भंण्डारीले फिर्ता पठाएर नागरिकता विहिन नेपालीप्रति अन्याय गरेको बताए । संघिय लोाकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा एकतन्त्रीक शासन ब्यवस्था लाध्न खोजेका ओलीलाई मधेसबाट नै सबक सिकाउनु पर्ने मन्त्री चौधरीले बताए । सुखी नेपाली, समृद्ध नेपालको झुठो नेपाली जनतामा नारा बाडी देशलाई तहस नहस पारेको दोषारोहन गर्दै मानव अधिकारको हनन, अभिब्यतिm स्वतन्त्रामा कुन्ठित एवम प्रेस स्वतन्त्रतामा समेत अंकुस लगाउने ओली सरकारलाई नेपाली जनताले चिनिसकेको उनले बताए ।

मन्त्री चौधरीले क्षेत्र नम्बर १ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई बिधुत, कृषि, बाटोघाटो निर्माणमा आमुल परिवर्तन ल्याएको बताउदै जनताको हरेक दुखसुखमा साथ दिदै आएको बताए । क्षेत्रको बृहतर बिकासको लागि कुनैपनि कसर बाकी नराख्ने प्रतिवद्धता जाहेर गर्दै सबैको मान सम्मान हुने गरी काम गर्ने उनले बताए ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजयशंकर यादवको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य उपेन्द्र जयसवाल, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क का उम्मेदवार रमेश प्रसाद दंगाल, ख का नागेन्द्र प्रसाद साह, निजगढ नगरपालिकाका निवर्तमान मेयर सुरेश खनाल, प्रदेशसभाका समानुपातिक उम्मेदवारहरु रबिन्द्र पनुहर, माला लामा, मन्जु चौधरी, शोभी मण्डल लगायतकाले नेपाली काँग्रेसलाई जिताउनुको बिकल्प नरहेको बताए ।

शेयर
प्रतिक्रिया
Skip to content