६७ औं प्रहरी दिवसमा उत्कृष्ट बनेका शाहीसगै २७ प्रहरीलाई जिल्लामा सम्मान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 837 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय
??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

बारा । ६७ औं प्रहरी दिवस बारामा पनि मनाईएको छ । दिवसमा राम्रो काम गर्ने जो कोही सम्मान हुने गरेको भएपनि ईलाका प्रहरी कार्यालय जीतपुर बाराका प्रमुख प्रहरी नायब निरिक्षक कलम बहादुर शाही भने सम्मानित हुनु अघिदेखिनै चर्चामा छन ।

हाजिर भएकौ दिन झण्डै मृत्युको मुखमा पुग्न बाध्य शाहीको उद्योगमा हुदै गरेको डकैतिको घटनामा उनले देखाएको सकृयता र जोखिम मोलेर लडेका कारण उनी चर्चामा छन । प्रहरी दिवशमा त अरुपनि पुरस्कृत हुने छन तर आफै घाईते भई बेहोस नहुदासम्म लडिरहेका शाहीको जीवनमा यो नै ठुलो घटना हो ।

फिल्मी कथा जस्तै लाग्ने उनको यो घटनालाई स्थानीय रोशनी शर्राफका अनुसार अधिकाश यस्ता घटनामा प्रहरी ढिला गरी पुग्ने गरेपनि घटना हुदै गरेको समयमा लगत्तै प्रहरी उद्योगमा पुगेको र प्रहरीले देखाएको बहादुरीको जतिनै प्रशंसा गरेपनि कमै हुने बताउछिन ।

गएको भदौ १८ गते जीतपुरसिमरा वडा नं. २३ भलुहीमा रहेको एरोटेक प्रा.ली.मा हतियार सहित आएका डाकाहरुले सबै कर्मचारीलाई एक कोठामा बन्दक बनाई डकैति गरी रहेको समयमा समयमै प्रहरी पुगेका कारण डकैति हुनबाट बचेको रोशनीले बताईन । १२ जनाको समुहमा रहेका डाका मध्ये घटनास्थलबाटै दुई जना र पछि एक गरी तीन पक्राउ परेका छन ।

प्रहरी दिबशमा सम्मान पछि सम्झिप्त कुरा गर्दै शाहीले दिउसो मात्र हाजिर भएर राति के निदाएका थिए । रातको १२ बजे एक्कासी मोबाईलमा खबर आयो । हत्तपत्त युनिट तयार गरी गाडी निकाल्न लाग्दा गाडि नचलेपछि परी रहेको मुसलधारे पानीको पर्वाह नगरी रेनकोटको सहाराले मोटरसाईकलमै डकौती हुदै गरेको उद्योगमा पुगेको बताए । करिब सात किलोमिटर पर रहेको उद्योगको भित्र छिर्दै जादा भर्याङमा डाकासग जम्काभेट भयो । मैले यसरी जम्काभेट हुन्छ सोचेकै थिईन ।

कर्मचारी बन्धक बनाएर एक जना भर्याङमा बसेका रहेछन । एक्कासी म माथी डाका मध्येका एकले टाउकोमा पेस्तोल राख्छ । एक हातमा हातमा हेलमेट बोकेको थिए । मैले एक हातले पेस्तोललाई आकाशमा धकेल्दै अर्को हातमा रहेको हेलमेटले डाँकामाथि प्रहार गर्दै माथि लगे । त्यस समय थोरै ढिला भएको भए ज्यान ठहरै हुने थियो ।

किनकी उसले प्रहार गरेको गोली आकाशमा गएकोले म बाँचे । डाकाको गोलीको शिकार हुने अबस्थाबाट बचेपछि पिटदै माथि लगे । अर्कोले पछाडीबाट रडले मेरो टाउकोमा प्रहार गरयो । रगताम्बै भएपनि लगातार प्रहार गर्दै पछाडीबाट आउदै गरेका प्रहरीलाई फायरिङ गर्न आदेश दिएपछि दुई फायरिङ भयो । उनीहरु भाग्न शुरु गरे ।

प्रहरीको सङख्या बढेको देखेपछि हात हतियार सहित रहेका १०–१२ जनाको समुहमा १० जना भाग्न सफल भए । शाहीले भने भाग्दै गरेका डाका समुहका जयराम पासवान र जवाहिर महतोलाई पेस्तोल सहित पक्राउ गर्न सफल भए । प्रहरीको थप बल समेत आएको र मेरो रगत धेरै बगेकोले उपचारका लागि बिरगन्ज लगियो केही दिनको आराम पछि अहिले डयुटिमा छु । जीवनमा यस्तो हुन्छ भन्ने मैले सोचेकै थिईन शाहीले बताए ।

एक त पानी परी रहेको मौसम राती १२ बजे गाडी नचलेपछि तत्कालै मोटरसाईकलमा गएर आफनै टाउकोमा डाकाले पेस्तोल तेर्साउदा र रडले अर्कोले प्रहार गरी घाईते हुदासम्म लडेर डाका समात्न सफल भएकाले उत्कृष्ढ प्रहरीकारुपमा उनको सम्मान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी बताउनु भयो । उत्कृष्ट कार्य गरे वापत सम्मानित हुनेमा उनी पहिलो नम्बरमा छन् ।

प्रहरी दिवशका अबसरमा कलैयामा सोमबार बारमा रहेका ८४९ प्रहरी मध्ये शाहीसगै अन्य २७ प्रहरी बारामा सम्मानित भएका छन ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको अध्यक्षतामा बिभिन्न कार्यक्रम र सम्मान गरी दिबश मनाईएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content