राप्तीकली हात्तीको प्रेमले गाउनै आंतकित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । राप्तीकलीसग प्रेम परेपछि बाराको एक गाउँनै आतंकित बनेको छ ।

जीतपुरसिमरा २१ अमलेखगन्जमा रहेको राप्तीकली हात्तीसग एक जङगली हात्ति प्रेममा परेपछि गाँउनै आतकित बन्न पुगेको हो । रातदिन राप्तीकलीसग सहबास गर्दै बसेको जङगली हात्ती भोक लागेपछिसगै जोडिएको अमलेखगन्ज गाँउ पसेर गाउलेलाई आंतक मच्चाएको हो ।

पर्सा राष्ट्रिय निकुन्जमा रहेको हात्तीसारको मत्ता मा परेको सो हात्तीबाट बच्न स्थानीय रातभर जाग्राम बस्ने गरेका छन । जङ्गली हात्तीले गाउ पसेर आक्रमण गर्न थालेपछि कतिखेर ठुलो घटना हुने हो डरले आरक्षका कर्मचारी , सुरक्षाकर्मी र स्थानीय दिनरात गस्ती गर्ने गरेका छन ।

बिगत केही दिनदेखि जङ्गली हात्ती गाँउमा पसेर आंतक मच्चाएपछि बच्न गाउले सुरक्षाकर्मी र आरक्षका कर्मचारी रातभरी गस्ती गर्न बाध्य भएको वडाका पुर्व वडाअध्यक्ष कृष्ण शाही ठकुरीले बताउनु भयो । उनले चार दिन भयो, न रात न दिन हात्तीको डरमा बस्नु परेको छ । रात दिन गस्ती गर्नु परेका कारण धेरै दिनदेखि सुत्न नपाएको उनले बताए ।

हात्तीसारका नायवसुव्वा जलेन्द्र चौधरीले आक्रमणबाट जङ्गली हात्तीको आरक्षको हात्ती रामकलीसग प्रेम परेपछि यतै बसेर दुःख दिदै आएको बताए । दुवैको वासना पुरा नभएसम्म हात्ती अन्त नजाने भएकोले गाउमा हात्तीको डर भएको बताए ।

पर्सा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले पुर्वबाट आएको हात्तीले पोथीसग आकर्षण भएका कारण गाउमा दुःख दिएको बताए । उनले गाउँ पस्न नदिन र गाउलेलाई सुरक्षित गर्न गस्ती र सुरक्षाको तार लगाउने देखि सबै काम भई रहेको बताउनु भयो ।

हात्तीको बाटो भएको कारण केही समय दुख दिएको भएपनि हात्तीले समाज र देश र प्रकृतीलाई फाईदा पुराएको बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content