प्रधानमन्त्री कप क्रिकेट छनोटकोलागि बाराको टिम घोषणा

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाई
निजगढ ०२ कार्तिक ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताकोलागि बाराको टिम घोषणा भएकोछ । जिल्ला क्रिकेट संघ बाराले बुधबार प्रतियोगिताको मधेश प्रदेश स्तरीय छनोटकोलागी टिम सार्वजनिक गरेकोहो ।

अनिल साह कलैयाको कप्तानीमा १८ सदस्यीय बारा जिल्ला क्रिकेट टोलिको घोषणा भएकोहो । घोषित बारा जिल्ला टोलीका अन्य सदस्यहरुमा उपकप्तान अरनिको यादव पचरौता, आदील अन्सारी सिम्रौनगढ, शंकर पौडेल निजगढ, कुमार थापा कलैया, जितेन्द्र यादव कलैया, रवी साह कलैया, तृतराज दाश कलैया, मनु हवारी पचरौता, भुलवन सहनी पचरौता, मेघराज महरा पचरौता, निखिल सिंह देवताल, साहिल पटेल कलैया, निकेश गुप्ता कलैया रहनु भएको छ भने क्वैकल्पिक खेलाडीको सुचिमा नावी आलम आदर्शकोतवाल, सेराज हवारी परवानीपुर, इर्षाद अख्तर परवानीपुर  र अरुण पटेल कलैया रहेका छन ।

बारा जिल्ला टोलीको प्रशिक्षकमा आसिब पौडेल र टिम व्यवस्थापकमा सुदिप चौधरी रहनुभएकोछ ।

कार्तिक १२ गतेदेखि प्रतियोगिता आयोजनाको तयारि गरेको नेपाल क्रिकेट संघले प्रदेश स्तरीय छनोट मार्फत टोलि तयार गर्न पत्राचार गरेकोछ । जसअनुरुप सप्तरीमा मधेश प्रदेश स्तरीय छनोट प्रतियोगिता संचालन भईरहेकोछ । मंगलबारदेखि शुरु भएको प्रतियोगितामा प्रदेशका ८ वटा सहभागी जिल्लाहरुलाई दुई समुहमा विभाजन गरिएकोछ । सप्तरी,सिरहा,धनुषा र महोत्तरी प्रतियोगिताको समुह ए मा रहेकोछ भने बारा,पर्सा,रौतहट र सर्लाहीको समुह बि मा रहेकाछन ।

समुह चरणको खेल अन्तर्गत समुह ए को खेलहरु बिहीबारसम्म संचालन हुनेछ भने शुक्रबारबाट समुह बि को खेलहरु संचालन हुनेछ । बुधबारसम्म प्रतियोगितामा सिरहाले दुई,सप्तरी र धनुषाले एक एक जित हात पारेकाछन भने महोत्तरी दुवै खेलमा पराजित भएकोछ । बारा जिल्लाले ४ गते पर्सासंग आफ्नो पहिलो खेल खेल्नेछ भने दोश्रो खेल ५ गते रौतहटसंग र तेस्रो खेल ६ गते सर्लाहिसंग खेल्नेछ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत रहेको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको पाचौ संस्करण यस वर्ष नेपाल क्रिकेट संघले एकदिवसीय फर्म्याटमा आयोजना गर्दैछ । प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय गरि कुल १० वटा टिमले सहभागिता जनाउनेछन ।

सहभागी १० वटा टिमलाई दुई समुहमा विभाजन गरेर खेलाईनेछ । प्रधानमन्त्री कपको हालसम्म संचालन भएको ४ वटै संस्करणको बिजेता विभागीय टिम रहेकाछन । नेपाल आर्मी र नेपाल पुलिस क्लब प्रथम संस्करणको संयुक्त बिजेताहुन । दोश्रो संस्करणको बिजेता सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लव,तेस्रो संस्करणको बिजेता नेपाल पुलिस क्लब र चौथो संस्करणको बिजेता नेपाल आर्मी हो । प्रतियोगिताको साबिक बिजेता नेपाल आर्मी हरेक संस्करणको फाईनलमा पुगेकोछ ।

शेयर
प्रतिक्रिया
Skip to content