प्रधानमन्त्री कप क्रिकेट छनोटमा बाराको बिजयी शुरुवात

तराइ संचार
तराइ संचार 645 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं,
निजगढ  । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताकोलागी मधेश प्रदेश स्तरीय छनोटमा बारा जिल्लाले बिजयी शुरुवात गरेकोछ । सप्तरीमा जारि छनोट खेलमा समुह बि को खेल अन्तर्गत बाराले शुक्रबार पर्सा जिल्लालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेकोहो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निणर्य गरेको बाराले ५० ओभरमा ७ विकेट गुमाउंदै ३ सय ६ रन बनाएकोथियो । पर्सा सामु जितकालागी ३ सय ७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको बाराकोलागी कप्तान अनिल साहले सर्वाधिक १ सय ४९ रन बनाए । कप्तान साहले १ सय १५ बलमा १ सय ४९ रन बनाएकाहुन ।
पर्सालाई ३ सय ७ रनको विजयी लक्ष्य प्रस्तुत गर्ने क्रममा तृतराज दासले ३३ बलमा ३४,उपकप्तान अरनिको यादवले ३२ बलमा २५,निकेस गुप्ताले १२ बलमा २३ र मेघराज महराले ६६ बलमा २३ रनको योगदान गरे । जवाफी ब्याटिङमा उत्रिएको पर्सा ३७ ओभर २५ बलमा १ सय ४२ रङ बनाउंदै अल आउट भयो । पर्सालाई सस्तैमा समेट्ने क्रममा बाराका निखिल सिङ एक्लैले ५ विकेट लिए । खेलको म्यान अफ द म्याच बाराका कप्तान अनिल साह घोषित भए।
छनोट अन्तर्गत शुक्रबार नै भएको अर्को खेलमा रौतहटले सर्लाहीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेकोछ । टस जितेर ब्याटिङ गर्ने निणर्य गरेको सर्लाही ४४ ओभर १ बलमा १ सय ८९ रनमा समेटियो । रौतहटकोलागी अतिस दासले ४८ बलमा ३१ र रोशन मगरले ४९ बलमा २८ रन बनाए । सर्लाहीलाई दबाबमा राखेको रौतहटकालागि राजेश यादवले ५५ रन खर्चंदै ३ विकेट लिए भने नरेश साहले २३ रन दिएर २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको रौतहटकालागि डब्लु मलिकले ९७ बलमा १ सय १ रन र अरविन्द जैसवालले ८६ बलमा ७५ रन बनाउंदै रौतहटलाई १० विकेटको सानदार जित दिलाए ।
छनोट अन्तर्गत शनिबार बाराले रौतहटसंग प्रतिस्पर्धा गर्नेछ भने पर्साले सर्लाहीसंग प्रतिस्पर्धा गर्नेछ । छनोट प्रतियोगिता अन्तर्गत समुह समुह ए का सिरहा र धनुषा सेमिफाईनल प्रवेश गरिसकेकाछन । समुह ए मा महोत्तरी,धनुषा,सिरहा र सप्तरी रहेकाछन भने समुह बि मा बारा,पर्सा,रौतहट र सर्लाही रहेकाछन ।

शेयर
प्रतिक्रिया
Skip to content