राप्तीकलीसगको प्रेममा परेको हात्तीको आक्रमणमा एक महिलाको मृत्यु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । आरक्षको पोथी हात्ती राप्तीकलीसग प्रेममा परेर बिगत दुई हप्तादेखि गाँउनै आंतकित बनाउदै आएको एक जंगली हात्तीले अन्तत एक महिलाको ज्यान लिएको छ ।

आक्रमणमा परी बाराको जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्र्षीया रुकैदा खातुनको मृत्यु भएको हो । दिउसो ४ः३० बजे भएको आक्रमणबाट घाईते भएकी खातुनलाई सिमरास्थित अल्पाईन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाईते भएकी उनलाई आरक्षका कर्मचारी, सुरक्षकर्मी लगायतले उपचारका लागि अस्पताल पुराएपछि आरक्षका वार्डेन राम, नगरप्रमुख राजन पौडेल लगायतको टोली अस्पताल बिरामी हेर्न पुगेपनि केही समयमै उनको मृत्यु भएको हो ।

नेपाल आयल निगम अम्लेखगञ्ज डिपोको पार्किङ पछाडी घाँस काट्न जंगलमा पुगेकी खातुनलाई हात्तीको आक्रमणमा परी मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वार्डेन अशोक रामले बताउनु भयो ।

आरक्षको हात्ती राप्तीकलीसग प्रेम परेपछि बिगत दुई हप्तादेखि सो जंगली हात्तीले आरक्ष आसपासनै बसेर अमलेखगन्जलाईनै आतंकित बनाउदै आएको छ ।

रातदिन राप्तीकलीसग बस्दै भोक लागेपछिसगै जोडिएको अमलेखगन्ज गाँउ पसेर गाउलेलाई आंतक मच्चाउदै आएको हो । सो हात्तीबाट बच्न स्थानीय रातभर जाग्राम बस्ने गरेको सो वडाका पुर्व वडाअध्यक्ष कृष्ण ठकुरीले बताउनु भयो ।

जङ्गली हात्तीले गाउ पसेर आक्रमण गर्न थालेपछि आरक्षका कर्मचारी , सुरक्षाकर्मी र स्थानीय गस्ती गर्दै आएपनि टिकाकै दिन सोही हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो ।

राप्तीकली हात्तीको प्रेमले गाउनै आंतकित

शेयर
प्रतिक्रिया
Skip to content