२० किलो अबैध लागु औषध गाँजा सहित पाँच पक्राउ

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको कलैया–५ घुसुकपुरमा अबैध लागु औषध गाँजा विक्री गरीरहेकी आरोपमा एक भारतीय सहित पाँच जना पक्राउ परेका छन ।

२० किलो अबैध लागु औषध गाँजा सहित पक्राउ पर्नेमा महागढीमाई नं.पा. वडा नं. १ सेमरा तेगछिया टोल घर भई कलैया उमनपा वडा न.१ मा डेरा गरी गरी बस्ने २६ बर्षिय प्रतिमा देवी पटेल, करैयामाई गा.पा. वडा नं. १ हरैया टोल बस्ने वर्ष ४५ को सफि अंसारी भन्ने मजिद अंसारी रहेका छन ।

त्यसैगरी पचरौता नगरपालिका वडा नं।३ बस्ने ४३ बर्षिय उपेन्द्र पटेल र २१ बर्षिय सौखीलाल प्रसाद यादव र भारत बिहार मोतिहारी हनुमाननगर बस्ने ३२ बर्षिय सेराज आलम रहेका छन ।

बुधबार बेलुका कलैया उप महानगरपालिका वडा नं।५ घुसुकपुर टोल निवासी सुनिता देवी साहले आफ्नो घरभित्र संचालन गरेको चिया नास्ता पसलमा लागू औषध गाँजा खरिद बिक्री भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापामारी गरी सो गाजा र उनीह?लाई पक्राउ गरेका हुन ।

प्रहरी टोलीले पसलभित्र प्लाष्टिकको बोरामा राखी लुकाई छिपाई राखेको अवस्थामा २० किलो ग्राम अवैध लागू औषध गाँजा सहित उनीह?लाई पक्राउ गरेको हो ।

पसलबाट पटेल र अंसारीले अन्य पक्राउ परेका तीन जनालाई सो गाँजा बिक्री गरीरहेको अबस्थामा उनीह?लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content