बारा । बारा जिल्लाको प्रत्येक स्थानीय तहमा नमुना मतदान र वडा वडामा मतदाता शिक्षा कार्यक्रम हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले प्रत्येक स्थानीय तहमा नमुना मतदान कार्यक्रम कार्तिक २० पछि गर्ने निर्णय गरेको हो ।
हरेक स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयम सेविकाको माध्यमबाट स्थानीय तह मार्फत वडा वडामा मतदाता शिक्षा बारे प्रचारप्रसार कार्यक्रम शुरु गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताउनु भयो ।
जिल्ला स्तरीय मतदाता शिक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको संम्योजकवमा बुधबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकले कार्तिक १९ गते मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्थानीय सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
बाराको भरतचौक कलैयामा बुधबार मतदाता शिक्षा सम्बन्धि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायद्धारा सडक नाटक समेत सम्पन्न भएको छ ।