बारा । बाराको निजगढ नगरपालिका ८ स्थित असी बिगाहमा रहेको तिन विघा उखुखेतीमा आगोलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ ।
निजगढ निवासी हिरा सारु मगरको १ बिघा र राम खत्रीको २ बिघा उखु खेतीमा आगो लागेको हो । आगोलागीबाट करिब १५ लाखको मोरङ जातका उखु नष्ट भएको किसान हिरा सारु मगरले बताए ।
काट्न तयारी अबस्थाको उखु जलेर नष्ट भएको हो । उखु विक्री गर्ने तयारीमा थियौं किसान मगरले भने, कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।
अर्का किसान खत्रीले आफनो २ बिगाहाको मात्र नौ लाख बराबरको उखु नष्ट भएको बताए ।
आगो निजगढ र कोल्हवी नगरपालिकाको दमकल तथा स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
आगोलागी भएको उखुखेतीमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले तत्काल आगलागिको निरिक्षण समेत गरेका छन । एक्कासी लागेको आगो लागू औषध प्रयोगकर्ता वा कसैले आगो लगाएको हुन सक्ने निरिक्षण पछि नगरप्रमुख पुरीले बताउनु भयो ।
उखुबारीसंगै रहेको प्लटिङ बिक्रीका निम्ती खाली राखीएको ठाउमा अबैध गतिबिधि वा जग्गा खाली राखेका कारण मानवीय कमजोरीका कारण दुखद घटना हुन पुगेको पुरीले बताउनु भयो । जग्गा खाली राख्नेलाई बोलाएर छानविन गरी कानुनी कार्वाही गरिने पुरीले बताए । आगो कसले कसरी लाग्यो भन्ने बारेमा आबश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो ।