निर्वाचनमा प्रहरीलाई गोली चलाउने अधिकार छ – प्रजिअ कटुवाल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 758 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले निर्वाचनमा प्रहरीलाई गोली चलाउने अधिकार दिएको बताउनु भएको छ । निर्वाचन बिथोल्ने छुट कसैलाईपनि नभएको बताउदै कुनैपनि हुलदंगा भए प्रहरीलाई गोली चलाउने अधिकार दिएको बताउनु भएको हो । स्थानीय तहको जस्तो प्रहरी अहिलेको प्रदेश र संघको निर्वाचनमा मुकदर्शक भएर नबस्ने उहाँले बताउनु भयो ।

कलैयामा सञ्चारमाध्यमको भुमिका बिषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सुरक्षा समितिको अध्यक्ष समेत रहेका प्रजिअ कटुवालले अहिलेको निर्वाचन बिथोल्ने समूह समेत रहेको तर्फ संकेत गर्दै अब रौतहटको जस्तो मतपेटिका बोकेर दौडिदापनि प्रहरी मुक दर्शक बस्ने जस्तो काम नहुने हुदा सबै चनाखो हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख निर्वाचन अधिकृत न्यायधिस पूर्णेश्वर उपाध्यायले निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरी र नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताले आचारसंहिता तथा गर्न हुने र नहुने कुराको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, महासंघका मधेश प्रदेश सदस्यहरु महेश्वर अधिकारी र लक्ष्मी खरेल लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content