सिमरा । नेकपा एमाले र नेकपा एकिकृत समाजवादीमा कार्यकर्ता तानातान देखिएको छ । एमाले जीतपुरसिमरा नगर कमिटिका उपाध्यक्षसहित २९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नगर कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरिसहित २९३ जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमकाबिच गिरिसहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा उपाध्यक्ष गिरिसहित एमालेमा प्रभावशाली नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत रहेका छन् ।
उनीहरुलाई ५ दलिय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
यता देवताल गाउँपालिकामा नेकपा एकीकृत सामाजवादी पार्टीको सिंगो पालिका कमिटि एमालेमा समाहित भएको छ ।
शनिवार देवताल गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रम मार्फत एकीकृत समाजवादीका पालिका अध्यक्ष ध्रुप तिवारी ,उपाध्यक्ष रामविनय यादव र रामजान मिँया सहित ५१ जनाको सिंगो टिम एमालेमा समाहित भएको हो । उहाँहरुलाई नेकपा एमाले पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पुरुषोतम पौडेलले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
पार्टी प्रवेश गर्नेहरुमा एकीकृत समाजवादीका ४ नं। वडाका पार्टी कमिटी अध्यक्ष राजकिशो पण्डित सदस्य नागेन्द्र रामनन्दु पण्डित, मेरोलाल साह ,अजय पण्डित, उपेन्द्र साह बिनोद पासवान ,हरेराम राम, रामश्रेठ सिह ,गणेश साह, सुखल पण्डित ,रामअयोधया पण्डित, राजदेव पण्डित ,भुखल साह लगायत ५१ जना एकिकृत सामाजबादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेको ध्रु्रव तिवारीले जानकारी दिए । कमिटिका सुचिव मुक्ति सहनी यसअघिनै एमाले प्रवेश गरेका थिए ।