बारा निजगढ न.पा. १२ रामथली नजिकै मकवानपुर तर्फ बाट रतनपुर काधमा लागुऔषध गाँजा बोकी ल्याउदै गरेको अवस्थामा करिब १० किलो गाजा सहित एक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा निजगढ न.पा. १२ बस्ने बर्ष ५८ को प्रेम बहादुर लो रहेका छन् । रतनपुर पोष्टबाट प्रहरी सहायक निरिक्षक धनिकलाल ठाकुरको कमाण्डमा गस्ती गर्दै जाने क्रममा टोलिलाई देख्ना साथ गाजा फाली भाग्न खोज्दा गस्ती टोलिले घेरेर राखे पश्चात ईलाका प्रहरी कार्यालय निजगढबाट खटी आएकाप्रहरी निरिक्षक संजिव ओलीको कमाण्डमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका लोलाई आबश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।