सिमरा । जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले आफु असुरक्षित भएको बताउनुभएको छ । सुरक्षा निकायले समेत आफु सहित पालिका परिवारलाई सुरक्षाको प्रत्यभुति दिलाउन नसकेको उहाँले बताउनुभयो । बाराको सिमरामा आयोजित जीबिकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै वहाँले वडा नं. ७ का वडाअध्यक्ष सुनिल गुप्ताले अराजकता प्रर्दशन गर्दै पालिकामा तालाबन्दी गरेको विषयमा पनि सुरक्षा निकाय मुकदर्शक बनेको तर्क राख्नुभयो ।
पटकपटक विभिन्न वाहनामा नारावाजी र तालाबन्दिमा उत्रीने गरेका गुप्ताले गएको आइतबार नियोजित रुपमा आन्दोलन गराएको वहाँले दावी गर्नुभयो । निर्वाचनको मुखमा निर्वाचन अधिकृतको कार्यालय समेत रहेको उपमहानगरमा नियमित उठीरहेको फोहरको नाम लिएर विवाद वढाएको भए पनि यसको भित्री रहस्य अर्कै रहेको बताउनु भयो ।
नगर प्रमुख पौडेलका अनुसार पहिले नै ठेक्का लागेर भईरहेको कामको ठेक्का तोडेर नगरको फोहरको समस्या अझै बढ्ने विषयलाई गलत रुपमा ब्याख्या गर्दै वडाध्यक्ष गुप्ताले वडावासीलाई पालिका विरुद्ध आन्दोलित बनाएका हुन् । वडाअध्यक्ष गुप्ताले फोहरको ठेक्का तोडेर आफुलाई दिन पटकपटक माग गर्दै आएको विषयलाई नितीसंगत आफुले नमान्दा नियोजीत रुपमा अराजक गतिविधी गरेको पौडेलले ठोकुवा गर्नुभयो ।
आन्दोलन लगाएतका वाधा सृजना गरेर मेयरलाई माटोमा मिलाउने भन्दै बन्द कोठामा बनाएको योजना सफल पार्न वडाध्यक्ष गुप्ताले वडा वासीलाई अघी सारेर फोहोरको नाममा अराजकता फैलाएको प्रमाण आफुसँग भएको वहाँले बताउनुभयो । निर्वाचन कार्यालय भएको पालिकाको मुल द्धारमा ताल्चा लगाएको विषयलाई निर्वाचन आयोगले सामान्यरुपमा लिनु दुर्भाग्य पूर्ण रहेको बताउँदै नगर प्रमुख पौडेलले निर्वाचन कार्यालयको समेत ध्यानाकर्षण गराउनुभयो ।