बारामा ३१ गाडी पक्राउ, सार्वजनिक स्थानका ब्यानर झण्डा हटाईयो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । जिल्लामा डिजे प्रयोग गरिएका १८ वटा गाडी र १३ भारतीय गाडी सहित ३१ गाडी पक्राउ गरिएको छ । गाडी पक्राउका साथै जिल्लाका सदरमुकाम कलैया लगायत सबै स्थानमा भएका डिजे, ब्यानर, पोस्टर झण्डा हटाउने अभियान तिब्र बनाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।

आगामी मंसिर ४ गते हुन गई रहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसगै दलहरु प्रचारप्रसारमा होडबाजी गरी आचारसंहिता उल्लघन गी सार्वजनिक स्थानमा ब्यानर, झण्डा र डिजे राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले हटाउन शुरु गरेको हो ।

आज मंगलबार बारा जिल्लाको क्षेत्र नं.४ को नितनपुर देखि जीतपुर, सिमरा हुदै औराहासम्मको ब्यानर पोस्टर हटाउने काम गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन सदस्य पुरुषोत्तम क्षेत्रीले बताउनु भयो । उहाँले जिल्लाका अन्य स्थानमा भएको आचारसंहिता बिपरितका तुल ब्यानर पोस्टर सबै हटाउदै जाने र अटेर गरे नियम अनुसार उम्मेदवारलाई कार्वाही गरिने बताउनु भयो ।

चार निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सबैभन्दा बढी ४ नं. क्षेत्रमा आचारसंहिता उल्लघन भएकाले यताबाट हटाउन शुरु गरिएको बताउदै सानो ठुलो स्वतन्त्र सबैको आचारसंहिता विपरितका सबै सामाग्री जफत गरिने उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content