आफु जितको नजिक छु ः प्रतिनिधी सभा ३ का उम्मेदवार सिह

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 991 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया । संविधानसभा सदस्य एवम बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट सता गठबन्धनको तर्फबाट प्रतिनिधी सभाका सासदका उम्मेदवार लालबाबु सिहले आफु जितको नजिक रहेको बताएका छन । बाराको कलैया ६ मा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिहले लोकतन्त्रको रक्षा एवम अधिनायकवादको बिरोधमा सता गठबन्धन भएको बताउनु भयो ।

नेपाली काँग्रेस पार्टीमा हुदा पनि निर्वाचन क्षेत्र नम्बर ३ को नागरिकको हरेक दुखसुखमा साथ दिदै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिचाई बिजुली बती जडान लगायतका काममा आफुले भ्याए सम्म गर्दै आएको उनले बताए । उनले आफु कुनै अनैतिक कार्यमा नरहेको जनताकै लागि काम गरेको त्यसमा पनि ३ नं. क्षेत्र र यहाका जनताको हरेक समस्या नजिकबाट देखेको छु उनले बताए ।

यहाको जातिय बिभेद, बाल बिबाह , बहुबिबाह, दाईजो प्रथा जस्ता सामाजिक कुरितीले एकातिर जगटेको छ भने अर्को तर्फ यहाँका चार जात छत्तिस बर्णको फुलबारी झै रहेका मुस्लिम, हिन्दु लगायत सबै जातजातीलाई आफुले सधै सम्मान मात्र हैन सक्दो सहयोग गर्दै आएको उनले बताए ।

यस क्षेत्रको अझै बृहतर बिकासका लागि आउने दिनहरुमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता ब्यतm गर्दै सिहले मलाई साईकल छापमा मतदान गरी जिताएमा सदरमुकाम समेत रहेको यस क्षेत्रको उद्योग , पर्यटन, रोजगारी, सडक बाटोघाटो, शिक्षा जस्ता क्षेत्रमा आफनो पहिलो प्राथमिकता हुने उनले बताए ।

काग्रेस छाडेका कारण काग्रेसको मत कम आउछ की भनेर केहीले प्रचार गरेपनि त्यस्तो सपना नदेख्न विपक्षीलाई आग्रह गरे । उनले मैले लामो समय पार्टीमा सघर्ष गरेपनि टिकट नपाएकाले बाध्यतामा लोसपा प्रबेश गरेको सबैले बुझेकोले सबैले मत दिनेमा आफु विश्वस्त रहेको र सबै काग्रेसका अगुवा पार्टी सभापति सबै मत माग्न हिडिरहेको उनले बताए । नेता सिंहले काग्रेसको सबै मत आफुले पाउनेमा आफु पुर्ण बिश्वस्त रहेको बताए ।

सता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै लोसपाको तर्फबाट सता गठबन्धनका उम्म्ोदवार सिहले राष्ट्रिय ,अन्तराष्ट्रिय स्तरबाट लोकतन्त्रलाई समाप्त गरि मुलुकमा अधियानकबादलाई बढवा दिने क्रियाकलापहरु सृजना भईरहेको अवस्थामा लोकन्त्रको रक्षा, नागरिकता बिधेयक पास ,कानुनी राज्यलाई परिपालना एवम संविधान कार्यन्वयनका लागि पनि पाँच दलिय सता गठबन्धनको आवश्यकता परेको बताए ।

लोकतन्त्र बाचे मुलुकमा बिकास, समृद्धि कायम हुने, बाक स्वतन्त्रता बहाल हुने, बिधीको शासन कायम हुने, प्रेस बलियो हुने सिहले भने ।

शेयर
प्रतिक्रिया
Skip to content