ईच्छाबहादुर वाग्ले परे काग्रेस पार्टीको कारबाहीमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार ईच्छाबहादुर वाग्लेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही भएको छ ।

केन्द्रीय अनुशासन समितिले विज्ञप्ति जारी गरेर कांग्रेसको विधान २०१७ संशोधनसहित को धारा ३४ को उपधारा ४ क बमोजिम ५ वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी अभिलेखबाट हटाउने निर्णय गरेको हो ।

सो निर्णयमा वाग्लेको मनोनयन दर्ताका प्रस्तावक, समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावली समेत अभिलेखबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेस बारा–४ का क्षेत्रीय सभापति सुनील गुप्ताले वाग्लेलाई पार्टीले ५ वर्षका लागि निलम्बन गरिसकेकोले वाग्लेको चुनाव प्रचारप्रसार र घरदैलोमा अन्य काग्रेसको आस्था भएकालाई नहिँड्न आग्रह गर्दै हिडे कांग्रेस कार्यकर्ता समेत कारबाहीमा पर्ने बताए ।

यदि उनीहरू बाटो बिराएर जानुभएको हो र सच्चिएर आउनुहुन्छ भने ठीक छ होइन भने भोलिदेखि उहाँहरू पनि कारबाहीमा पर्नुहुन्छ’ क्षेत्रीय सभापति गुप्ताले भने–‘बारा–४ मा हाम्रो साझा उम्मेदवार संघमा किसान श्रेष्ठ, प्रदेशमा क्षेत्रबहादुर श्रेष्ठ र जितेन्द्र सोनल उम्मेदबार रहेका छन ।

उहाँहरूले जिते मात्रै कांग्रेसको साख रहन्छ’ केन्द्रीय अनुशासन समितिले बुधबार देशभर ७४ जना कांग्रेसका वागी उम्मेदवारहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो, सो निर्णयमा वाग्लेको नाम छुटेकोले क्षेत्रीय सभापतिको सिफारिसमा बिहीबार वाग्लेलाई कारबाहीको निर्णय गरिएको सभापति गुप्ताले जनाएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content