बारामा नमुना मतदान सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । आउदै गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी स्वरुप बाराको महागढीमाईमा आज शुक्रबार नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

क्षेत्र नं. २ का लागि महागढीमाईमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको हो । बिहीबार निर्वाचन क्षेत्र नं. १ को लागि कोल्हबीमा नमुना मतदान भएको थियो भने शनिबार क्षेत्र नं. ४ र आईतबार क्षेत्र नं. ३ को सदरमुकाम कलैयामा नमुना मतदान हुने निर्वाचान कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताए ।

नमुना मतदानमा कसरी मत हाल्ने, कति वटा मतपत्रमा कसरी मतदान गर्ने, सुरक्षा घेरा कस्तो हुने, मतपेटिकाको चोरी, मत लैजाने , पानी हाल्ने जस्ता प्रयोगात्मक बिधिबाट नमुना मतदान सम्पन्न भएको हो । नमुना मतदानमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, सुरक्षा निकाय , पत्रकार, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, मतदाता लगायतको सहभागिताम रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content