गुरुप्रसाद गौतम
सिमरा । बाराको सुवर्ण गाउँपालिका २ कवहीगोठमा बुधबार प्रहरी र स्थानीयबिच झडप भएको र झडपमा परी १४ बर्षिय रन्जन कुमार यादवलाई प्रहरीको गोली लागि गम्भिर घाईते भएपछि प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुमार सिंह कुश्वाहा बारा आएका छन् ।
राज्यमन्त्री कुश्वाहाले सुरक्षा निकायका प्रमुख र पिडीत परिवारका आफन्तसग भेटघाट गर्ने र घटनाको बारेमा जानकारी लिन बारा आएको तराई सञ्चारलाई बताउनु भएको छ । मन्त्री कुश्वाहाले आफु छानबिनका क्रममा आएको र यस घटनासग सम्बन्धित सबैसग भेटघाटगर्ने र सुरक्षा निकाय र स्थानीयसगको भेटघाट गरी प्रदेश सरकारलाई प्रतिबेदन दिएपछि आवश्यकता अनुसार छनविन समिति समेत गठन गर्न सक्ने राज्यमन्त्री कुश्वाहाले बताउनु भयो । स्थानीय र सुरक्षानिकायका प्रतिनिधिको कुरा फरक आएपछि घटनाको यतार्थ बुझन् उनी बारा आएको उनका प्रेस सल्लाहकार कैलास दासले बताएका छन् ।
घटनाको नेपाली काग्रेस र समाजबादी पार्टीले निश्पक्ष छानबिन गर्न माग गरेका छन् ।
नेपाली काँग्रेस सुवर्ण गाँउपालिका कवहीगोठ बाराले २४ घण्टा भित्र सत्यतथ्य छानबिन गर्न माग गरेको छ । नेपाली काग्रेसका नेता एवम संविधान सभाका सभासद रामअयोध्या प्रसाद यादब, गाउ कमिटिका सभापति रुपनारायण प्रसाद यादब, गाउकमिटिका प्रत्यासी उम्मेदबार राजेश प्रसाद यादब लगायत गाउँ कमिटीका २० नेता कार्यकर्ताहरुले सम्युक्त हस्ताक्षर गरी विज्ञप्ती मार्फत घटनाको छानविनको माग गरेका हुन ।
बुधवार राति ८ बजेको समयमा सुवर्ण गाउँपालिका वडा नं. २ कवहीगोठमा इलाका प्रहरी कार्यालय र पक्राउ गरेको प्याज छुटाउन आएका स्थानीय व्यक्तिहरुबीच उत्पन्न भएको तनावपूर्ण परिस्थितिमा प्रहरीतर्फबाट गोली चलेको थियो । प्रहरीको गोली प्रहारवाट सुवर्ण गाउँपालिका वडा नं २ कवहीगोठ निवासी बृन्दकेशर यादवको छोरा १४ वर्षीय रन्जन कुमार यादव घाइते भएका थिए । यादवको टाउकोमा गोली लागेर सक्त घाईते भएका छन ।
नेपाली काँग्रेस सुवर्ण गाँउपालिका कवहीगोठ बाराले विहिवार प्रेस विज्ञप्ती जारी गर्दै घट्नाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा कार्यवाहीको माग गरेको छ । साथै पिडितलाई उचित स्वास्थ्य उपचार तथा उचित क्षतिपुर्तिको माँग समेत गरेको छ ।
त्यसैगरी सो घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै जनता समाजवादी पार्टी बाराले विहिवार कलैयामा प्रदर्शन गरेको छ । बाराको सदरमुकाम कलैयामा जनता समाजवादी पार्टीको नेता कार्यकर्ताले प्रहरी विरुद्ध नाराबाजी गरेका छन । घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न जसपाले माग गरेको छ । जसपाका नेता तथा कार्यकर्ताहरु सहितको निकालिएको जुलुसले नगर परिक्रमा गरि मुख्य चौकमा कोणसभा समेत गरेको थियो । पार्टीले दोषिलाई कारवाही गरि घाईते वालकको यथास्रिघ उपचारको व्यवस्था तथा उचित क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेको छ ।
बधबार राति साँढे ८ बजेतिर भारतबाट ल्याउदै गरेको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोज्दा झडप भएको थियो । साझको समय बजार लागेको र केही रक्सी खाई प्रहरीको गाडी रोक्दै प्रहरीलाई घेराहाली आक्रमण गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएको छ । घाईते बालक यादवको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि वीरगन्जको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो । आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर जिल्लाको गाडी बोलाएर कलैया लान खोज्दा झडप भएको प्रहरी चौकी कवहीगोठले जनाएको छ ।
घटनामा तीन प्रहरी समेत घाईते भएका छन् । प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ ।
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो । बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो । त्यसपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गए । ‘हाम्रो टोली सानो थियो । उनीहरु आएर प्रहरी टोलीमाथि आक्रमण गरे । गाडी तोडफोड गरे । मोटरसाइकल पनि तोडफोड गरे । अन्तिम अवस्थामा हवाई फायर गर्नुपर्यो । प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताउनु भएको छ ।
उनका अनुसार प्रहरीले स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका बालकको अवस्था गम्भीर छ । उनको टाउकोमा गोली लागेको छ ।
सुवर्ण गाउँपालिका २ कवहीगोठमा प्रहरी र स्थानीयबिच झडप
प्रतिक्रिया
प्रतिक्रिया