विकासमा आएको रकममा कमिशन नखाने प्रतिबद्धता – दङ्गाल
निजगढ । मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्र्तगत बारा निर्वाचन क्षेत्र नं १ क का प्रदेश सभा सदस्य पदका उम्मेदबार त्रिलोको चौधरी आफनै दलका बागी उम्मेदबारका कारण चुनौतीमा छन् ।
चौधरीको बिरुद्ध एमालेकै मधेस प्रदेश सदस्य एक बहादुर श्रेष्ठ , जिल्ला सदस्य शिवनारायण चौधरी, जिल्ला सदस्य तथा पुर्व वडाअध्यक्ष मेष बहादुर ठकाल र स्वतन्त्रका देवराज घिमिरे लगायतको बागीले चुनौतीमा परेका हुन् । चौधरीकै बिरुद्ध पार्टीका प्रभावशाली धेरैको स्वतन्त्र र अन्य पार्टीबाट उम्मेदवारीले उनी संकटमा परेका छन् ।
पार्टीले क्षेत्र र भुगौल नमिलाई एकै स्थानबाट उम्मेदवार बनाएका कारण रुष्ट बनेका उत्तरी क्षेत्रबाट एक बहादुर श्रेष्ठ र दक्षिणी क्षेत्रबाट उम्मेदवार बनेका शिवनारायण चौधरी त्रिलोकीको लागि टाउको दुखाई बनेको छ । दुवैले राम्रो मत ल्याउने आंकलन गरिएको छ । यी दुई बाहेकका पनि अन्य दुई जिल्ला सदस्य तथा पुर्व वडाअध्यक्ष मेष बहादुर ठकाल र देवराज घिमिरे पनि एमाले पृष्ठभुमीका भएको भएको कारण चौधरी मतदाता फकाउन तिव्ररुपमा घरदैलो गरीरहेका छन ।
उनका प्रतिस्पर्धामा रहेका नेपाली काग्रेसका युवा नेता रमेश दङ्गाल अहिले घरदैलो र चुनावी अभियानमा छन । दङ्गालले आफुले आफनो क्षेत्र भरीनै घरदैलो अभियान सम्पन्न गरेको बताएका छन ।
घरदैलोमा क्षेत्रको युवा, महिला बृद लगायत सबै स्थानीयले समर्थन गर्दै स्वागत र माया पाएको उनले बताए । पटक पटक निर्वाचनमा जितेपनि र भिजन तथा योजना नभएका भन्दा युवाहरुको रोजाईमा परेका सफल ब्यबसायी दङ्गालले साना ठुला चन्दा देखि सामाजिक कार्यमा युवादेखि सबैलाई सहयोग गर्दै आएकोले अब जनताकै सेवामा पुर्णरुपले समाजसेवा गर्ने उद्धेश्यले पहिलो पटक युवाहरुको समर्थनमा राजनितीमा उत्रिएको बताएका छन् ।
बिकास र समृदीको आफुसग एउटा भिजन छ – रमेश दङ्गाल
लोकप्रिय उम्मेदवारकारुपमा प्रस्तुत भएका दङ्गालले अर्का उम्मेदवारको बिरोध भन्दा क्षेत्रको बिकास र समृदीको आफुसग एउटा भिजन भएकोले सो भिजन अन्र्तगत नेपाली काग्रेसका तर्फबाट सत्ता पाँच दलिय गठबन्धनका साझा उम्मेदवार दङ्गालका बागी उम्मेदबार नहुनु एउटा सफल पक्ष बनेको छ । प्रदेश सभाका उम्मेदवार बनेका दङ्गालका बिरुद्ध एमालेका त्रिलोकी चौधरी प्रतिस्पर्धामा छन । काग्रेस पृष्ठभुमि भएका राधा चौधरी र दामोदर पनुहर भएपनि काग्रेसमा विना बिवाद उम्मेदबार चयन भएको र काग्रेस एक भएर निर्वाचनमा गएकाले खासै मत तान्न सक्ने अबस्था नभएको दङ्गालको विश्वास छ ।
दङ्गालले स्थानीय मतदाताहरुलाई निर्वाचनमा जितेपछि युवा, मजदुर, किसान, महिला सबैको ढुकढुकी बनेर तपाईहरुले दिएको मत खेर नजाने गरी प्रभावकारी काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
विकासमा आएको रकममा कमिशन नखाने प्रतिबद्धता
मतदातासंगको भेटघाटका क्रममा दङ्गालले आफु बिजयी भए क्षेत्रको विकासमा आएको रकममा कमिशन नखाने समेत प्रतिबद्धता जनाएका छन । आफुले पैसा ब्यापारबाटै पुग्ने कमाएको भएपनि गाँउ र क्षेत्रको बिकास अब युवाले गर्नुपर्ने बताए ।
राजनितिमा पैसा कमाउन नआएको बताउदै भ्रष्टचार बिरोधी अभियानमा आफनो समर्थन रहने बताए । आफुहरु चुनाव जितेर क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनताको सेवक भएकोले पाच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि गरे ।
उनले आफु काग्रेस पार्टीबाट जिते पनि सबै दल र सबैको सुझाब र सल्लाहमा क्षेत्रको विकासका लागि मास्टरप्लान बनाई योजनाबद्ध ढङले बढने सोच रहेको उनले बताए ।