बारा । बारामा सबैभन्दा बढी चर्चामा रहेको क्षेत्र नं. ४ मा मुस्लिम समुदायको रोजाईमा कृष्ण कुमार श्रेष्ठ किसान परेका छन । एमाले परित्याग गरी श्रेष्ठको पार्टी एकिकृत समाजवादीमा मुस्लिम समुदायको प्रबेशको क्रम बढदै गएको छ ।
बिहीबार परवानीपुरमा ५५ जना कार्यकर्ता समाजवादी प्रवेश गर्दा मुस्लिम समुदायका २८ जना प्रबेश गरे । भव्यरुपमा कार्यक्रम गर्दै एमाले परित्याग गरी समाजवादी पार्टी प्रबेश गर्ने क्रम यो पाँचौ पटक हो । उम्मेदवारी दर्ता गरेपछि पटक पटक गरी समाजवादीमा एक हजार भन्दा बढी कार्यकर्ता आएको समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राईले बताए ।
पार्टी प्रबेश गर्नेमा आधा भन्दा बढी मुस्लिम समुदायकै रहेका छन । निर्वाचनको मिति नजिकिएसगै दुई गठबन्धनका दुई पुर्व मन्त्रीको प्रतिस्पर्धा रहेको बारा ४ मा एमाले छाड्नेको संख्या बढदै गएपछि एमालेका लागि चुनौति बन्दै आएको छ ।
नेपाली काग्रेस सहितको सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा नेकपा एकिकृत समाजवादीका पुर्व मन्त्री समेत रहेका किसान श्रेष्ठ र एमाले जसपा गठबन्धनबाट पुर्वमन्त्री एकवाल मिया एमालेबाट दुई पुर्वमन्त्रीहरु प्रतिस्पर्धामा छन । क्षेत्र नं. ४ मा एमाले र एमालेबाटै फुटेको नेकपा एकिकृत समाजवादी पार्टी कार्यकर्ता तानातानमा लागेपछि बारामा सबैभन्दा बढी चुनावी माहौल यस क्षेत्रमा तातेको छ ।
बिहिबार परवानीपुरमा ५५ जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रबेश गरेपछि क्षेत्रका मुस्लिम समुदायको रोजाईमा श्रेष्ठ परेको देखिन्छ । यस अघि चार स्थानमा भएको खुल्ला पार्टी प्रबेश कार्यक्रममा पनि अधिकाश मुस्लिम रहेका छन ।
किन आफनै समुदायका उम्मेदबारलाई छाडेर श्रेष्ठ रोजेको भन्ने प्रश्नमा एमाले युवा संघका क्षेत्रिय सदस्य समेत भई सकेका अनवर हुसैन हवारीले जातीको मान्छेलाई पटक पटक हेरेपनि बिकास गर्न नसकेकोले किसान श्रेष्ठले बिकास र युवाको रोजगारीको समस्या समाधान गर्ने देखेर एमाले पार्टी परित्याग गरेको उनले बताए । उनले पुरै घर एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादी पार्टीमा प्रबेश गरेको बताउनु भयो । उनले ०४८ सालदेखि एमालेमा काम गरेपनि राती गएर एमाले प्रबेश गर्ने भोली पटक टिकट लिने काम सही नभएको उनले बताए ।
अन्सारीको आफनै शब्दमा
परवानीपुर गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा मुस्लिम अगुवा परवानीपुर ३ निवासी सोलाजिन हवारीले एमालेका उम्मेदबार एकवाल मियाले काम गर्न नसकेकाले आफुहरु जात मात्र भनेर हुन्छ क्षेत्रको विकास र युवाको रोजगारी किसान श्रेष्ठलेनै गर्न सक्ने भएकोले एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादी पार्टी प्रबेश गरेको बताउनु भयो ।
सोलाजिन हवारीको आफनै शब्दमा
परवानीपुर गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एकिकृत समाजवादी पार्टी प्रबेश गर्नेमा अनबर हुसैन सहित युवा संघका समिर आलम, जोवायल आलम, समिम आलम, अरमान आलम, नौमोद्धिन आलम, कौमासर अली, परवेज आलम, सनम अन्सारी, मुस्लिम मिया, जलिल मिया प्रबेश गरेका हुन । त्यसैगरी सैलुन मिया, ननु मियाँ, करमत मिया, ओलायत मिया, सोनु आलम , दिलसाद आलम, अफताब आलम, नैमोदिन आलम, सोलाजिम हवारी, अमिर मिया, साहिल हुसैन समाजवादी पार्टी प्रबेश गरेका हुन ।
त्यस्तै मुस्ताक आलम, माईकल हुसैन, चाँद अली , प्रवेश आलम, सेजामुल हवारी र जसपाका वडा नं. ३ का अध्यक्ष मनिर हवारी गरी ५५ जना समाजवादी पार्टी प्रबेश गरेकोमा २८ मुस्लिम समाजवादी पार्टी प्रबेश गरेका हुन ।
नव प्रवेशीहरुलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रेष्ठ र नेकपा एकिकृत समाजबादीका पोलिट ब्युरो सदस्य तथा बारा इन्चार्ज दिनेश राईले टीका र खाँदा लगाएर स्वागत गर्नु भएको हो । सो अवसरमा श्रेष्ठले बारा ४ मा गठबन्धनको जित सुनिश्चित रहेको बताउनु भयो ।
केहीदिन अघि नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य विश्वनाथ लामिछाने लगायत ९७ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदीप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत २५७ प्रबेश गरेका हुन । यो प्रबेशमा पनि मुस्लिम समुदाय धेरै छन ।
त्यसैगरी नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका छन । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान अशोक लामा, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह, देवराज घिमिरे, रेहाना खातुन, जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव, सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव, मदन साह, विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन ।
सामूहिक राजीनामा दिनेहरूमा फैसल अन्सारी, मुस्ताफा अन्सारी,पुरेन्द्र मोक्तान, साद अन्सारी, साउद अन्सारी, सलाउद्दीन अन्सारी, अब्दुल्लाह अजाद, अब्बाद अन्सारी, अम्मार अन्सारी, किसान संघ जिल्ला कमिटी सदस्य जादोलाल गोठ, अनेरास्ववियु जिल्ला कमिटी सदस्य राकेश वैठा, दलित जिल्ला कमिटी सदस्य राम भरोस राम सहित ७६ जनाले विज्ञप्ति नै जारी गरेर सामूहिक राजीनामा दिएका हुन । एमाले मधेस प्रदेश कमिटी सदस्य श्रीकाजी मोक्तानले निर्वाचनको मुखमा रातारात जनता समाजवादी पार्टीसँगको अप्राकृतिक गठबन्धनको कारण बाध्य भएर पार्टीबाट सामूहिक राजीनामा दिनु परेको बिज्ञप्तीमा बताएका छन् । राजिनामा दिएका ७६ मा पनि मुस्लिम समुदायको बाक्लो उपस्थिती छ ।
परवानीपुरका एमाले नेता रामेश्वर प्रसाद पटेलको नेतृत्वमा मनोज पटेल, मोहन पटेल, रामचन्द्र राउत, रामबाबु पटेल, सुजित पटेल, दिनेश पटेल, महेश हजारा, धिरज पटेल,निरज पटेल, विकास पटेल, सिरकुसन दास,सुरेन्द्र दास, दिनेश साह कानु, निरज साह कानु लगायत ३ सय ६ एमालेका नेता तथा कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका बताईएको छ ।
यस अघि पनि बारा ४ नं क्षेत्रमा एमालेका पुराना नेता तथा संविधान सभा सदस्य जयकिशोर यादवको नेतृत्वमा ५ सयको संख्यामा एमाले नेता, कार्यकर्ता नेकपा एसमा प्रवेश गरेको दावी समाजवादीको छ । एमाले छाड्नेमा मुस्लिम समुदाय बढी रहेका कारण पनि मुस्लिम समुदायको रोजाई श्रेष्ठ बनेका छन ।
अघिल्लो स्थानीय निकायमा भएको निर्वाचनकोे तथ्याङक
बारा जिल्लाको अर्को निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धन र वाम गठबन्धन बीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
यस क्षेत्रबाट संघीय सांसद बन्न एकिकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ(किसान), नेकपा एमालेका एकवाल मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रोहनकुमार, नेपाल सद्भावना पार्टीका खेदु धाँनुक सहित स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको छ ।
व्यवसाय गर्दा गर्दै राजनीतिमा आएका किसान श्रेष्ठ तनहुँ क्षेत्र नं. १ बाट यस अघि संघीय सांसद बनेका थिए । तत्कालिन एमालेबाट चुनाव जितेका श्रेष्ठले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पराजित गरेका थिए । तत्कालिन पार्टी फुटसँगै नेकपा एकिकृत समाजवादी बनेका श्रेष्ठले सत्ता गठबन्धनका तर्फबाट बारा क्षेत्र नं. ४ का उम्मेदवार बनेका हुन ।
सत्ता साझेदार दलका उम्मेदवार बनेका श्रेष्ठले यसै क्षेत्रलाई आधार बनाई व्यापार व्यवसाय गर्दै आएका थिए । घर जग्गा कारोवार समेत गर्ने श्रेष्ठलाई आफ्नो पार्टीको भन्दा पनि सत्ता साझेदार दलको ठूलो मत चाहिने देखिन्छ । एकिकृत समाजवादीको खासै जनाधार नरहेकाले उनले सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीको भोट तान्नु पर्ने हुन्छ ।
ठूला राजनीतिक दलका दुवै उम्मेदवारसँग भने संसदीय अनुभव छ । यही क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट चुनाव जितेर संसद पुगेका एकवाल मियाँ यति बेला भने उम्मेदवारी मनोनयन गर्नु भन्दा एक दिन अघिमात्र नेकपा एमाले प्रवेश गरी एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।
१८ दिने युवा तथा खेलकूद मन्त्री समेत भएका मियाँले २०७४ को निर्वाचन २२२७५ मत प्राप्त गरी मा बिजयी भएका थिए । उनले नेकपा एमालेका उम्मेदवार देवनारायण थारु चौधरीलाई एक हजार ६ सय ६८ मतान्तरले हराएका थिए ।
उम्मेदवारी दर्ता हुनु एक दिन अघि मात्र नेकपा एमाले प्रवेश गरेका मियाँलाई यस पटकको निर्वाचन जित्न भने त्यति सहज देखिन्न । एमाले भित्रैका केही असन्तुष्ट नेता कार्यकर्ता मिलाउनु पर्ने, आफ्नो पुरानो दल लोसपाको मत प्राप्त नहुने हुँदा उनलाई यस पटक संसद छिर्न त्यति सजिलो भने हुने छैन । स्थानीय निर्वाचन २०७९ मा यस निर्वाचन क्षेत्र भित्र रहेका वडाहरुको मतभार यस्तो रहेको छ ।
सत्ता गठबन्धनको पक्षमा ५१ हजार २ सय ५९ मत देखिन्छ भने बाम गठबन्धनको पक्षमा ३२ हजार ३ सय १५ मत देखिन्छ ।
स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले चुनावी परिणाम आफ्नो पक्षमा पार्न कसरतमा
बारा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले चुनावी परिणाम आफ्नो पक्षमा पार्न कसरतमा छन् । उनले चुनाव आउन पाँच दिन बाँकी रहँदा मतदातासंगको भेटघाटलाई बाक्लो बनाएका छन् । यस क्षेत्रमा रहेको ३८ वटै वडामा पुगेर मतदातासंग आफ्नो योजना र अनुभव सुनाईरहेका छन ।
के भन्छन काग्रेसका अगुवा नेताहरु
काग्रेसका सबै मत गठबन्धनका उम्मेदबारहरुमा पर्छ – क्षेत्रिय सभापति गुप्ता
नेपाली काग्रेसले ईच्छा बहादुर बाग्लेलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेकाले काग्रेस कार्यकर्ता गठबन्धन भन्दा बाहिर नजाने नेपाली काग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति सुनिल गुप्ताले बताएका छन ।
गठबन्धन हार्दा काग्रेसलाईपनि क्षति हुन्छ । भोलीका दिनमा अरु पार्टीकाहरुले पनि काग्रेसलाई समर्थन गर्नुपर्ने अबस्था आउछ । त्यसैले हामीले पार्टीका वडा वडा तहमा पुगेर बाग्ले स्वतन्त्र हुन पार्टीका हैनन । एक भोटको पनि अर्थ रहन्छ बाग्लेमा मत हालेर खेर नफाल्न सबैमा निर्देशन भएको छ । त्यसैले काग्रेसका सबै मत पनि गठबन्धनका उम्मेदबारहरुमा पर्ने गुप्ताले बताए ।
नेपाली काग्रेसका बारा ४ का प्रभावशाली नेता एवम स्थानीय निर्वाचनमा जीतपुरसिमराका नगरप्रमुका प्रतिस्पर्धि कृष्णब्रत सिंहले पार्टीको नगर समिति, क्षेत्रिय समिति र वडा समिति सम्ममा गठबन्धनका उम्मेदबारका पक्षमा मतदान गर्ने निर्णय गरी सकेको अबस्था छ ।
जित्ने अबस्था पनि १०० प्रतिशत छैन । बाग्लेका पक्षमा पुराना मानिस कोही छैन । ब्यबसायसग जोडिएका र हिजो उनीबाट फाईदा लिएकाहरु क्ेही हुन सक्छन । उनीहरुले खासै मत तान्न सक्दैनन । त्यसमा पनि असन्तुष्ट सबैलाई हामी अन्तिमसम्म सम्झाएर गठबन्धनकै पक्षमा मतदान गर्न लगाउछौ । बाग्ले र श्रेष्ठको आफसी बिवादमा पार्टी प्रयोग गरिनु हुन्न । त्यसैले काग्रेसको मत एक ढिक्का सत्ता गठबन्धनको पक्षमा रहेको सिहको बुझाई छ ।
नेपाली काग्रेस क्षेत्र नं. ४ क का सभापति सुमन भट्टराईले सत्ता गठबन्धनका र एमाले गठबन्धनका बिचमा अहिले जनमत सङग्रह जस्तो भएको र अहिलेसम्म भएको उपलब्धि बचाउन पनि सत्ता गठबन्धनमा मत दिनु पर्छ भन्ने आफनो प्रष्ट धारणा रहेको उहाँले बताउनु भयो । हामीले पार्टीले निर्णय गरेर सत्ता गठबन्धनका उम्मेदबारहरुलाई मत दिन सबैलाई निर्देशन गरेका छौ । केही पार्टीका मानिसहरुलाई सम्झाउने प्रयास भएको छ । नमाने पार्टीको अनुशासन समितिले कार्वाहीको दायरामा ल्याउने उहाँले बताउनु भयो ।