काग्रेस बाराका जिल्ला उपसभापति सहित ३ जना कारवाही

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 992 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा– निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धन उम्मेदवार विरुद्व क्रियाकलाप गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले जिल्ला उपसभापति सहित ३ जनालाई अनुशासनको कारवाही गरेको छ ।

केन्द्रीय अनुशासन समितिले आज विज्ञप्ती जारी गरेर बारा जिल्ला उपसभापति अमिरीलाल राउत भेडियार पाल र जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रिय प्रतिनिधि सुशील ढोडारीलाई पार्टी सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । बारा ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान र प्रदेश सभा १ का माओवालीका क्षेत्र बहादुर श्रेष्ठ र २ का उम्मेदवार लोसपाका जितेन्द्र सोनल रहेका छन ।
नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहित को धारा ३४ बमोजिम उपसभापति पाल, थपलिया र ढोडारीको पार्टी सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस बारा ४ का क्षेत्रिय सभापति सुनिल गुप्ताले पार्टीको निती विपरित सत्ता गठबन्धनका उम्मेदवार विरुद्वमा गतिविधि गरेकाले पार्टीको अनुशासन विभागले कारवाही गरेको बताए ।

शेयर
प्रतिक्रिया
Skip to content