विकास भनेको के हो गरेर देखाउछु – किसान श्रेष्ठ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.8k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । चार निर्वाचन क्षेत्र रहेको बारामा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान निर्वाचित भएका छन्। पूर्वश्रममन्त्री श्रेष्ठ समेत रहेका श्रेष्ठ १० हजार ६६ मतभन्दा बढी ल्याएर बिजयी भएका हुन ।

  समानुपातिकमा मिसिएको मत थप गर्नुपर्ने भएका कारण निर्वाचनको घोषणा भने निर्वाचन आयोगले गरी सकेको छैन । मत गणना सकिएकोले उनी निर्वाचित भएका हुन । श्रेष्ठले २९,५०५ मत ल्याए भने उनका प्रतिस्पर्धि एमालेका एकवाल मियाले १९,४३९ मत पाए।

 नेकपा समाजवादीका कार्यकर्ता नै न्यून रहेको तथा उम्मेदवार स्वयंले मत हाल्न नपाउने अवस्था हुँदा पनि १० हजारभन्दा बढी मतान्तर हुनुलाई आफूले जनताको मन जितेको दाबी गर्दै श्रेष्ठले मतको सम्मान गर्नेमा ढुक्क हुन मतदातालाई आग्रह गर्दै विकास भनेको के हो गरेर देखाउने बताएका छन ।

  यसअघि ०७४ को निर्वाचनमा तनहुँ १ मा रामचन्द्र पौडेललाई हराएका श्रेष्ठले यो पटक बारा ४ बाट उम्मेदवारी दिएका हुन्।

शेयर
प्रतिक्रिया
Skip to content