बारामा दुई प्रतिनिधी सहित करिब चार प्रदेश सभा जित्दै एमाले पहिलो दल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.5k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको चार वटैै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदे सभा निर्वाचन २०७९ को मत गणना भईरहेको छ । निर्वाचनमा प्रतिनिधि र प्रदेश सभा दुवैमा देशमै ठुलो दल बनेको नेपाली काग्रेस बारामा भने प्रत्यक्षतर्फ सुन्य हुने देखिएको छ । जिल्लामा दुई प्रतिनिधी सभा सहित नेकपा एमाले पहिलो दल बन्ने निश्चत देखिएको छ । मतको दर बढी भएकाले एमाले जित्ने आधार बढेको हो । क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका उम्मेदबार नेकपा एसका कृष्ण श्रेष्ठ किसान घोषणा हुन बाँकी भएपनि बिजयी भई सकेका छन । जिल्लाका दुई क्षेत्रमा नेकपा एमालेको अग्रता रहेको छ भने एकमा यो समचार तयार पार्दा समेत सत्ता गठबन्धनका उम्मृदबार माओवादी नेता शिवचन्द्र कुश्वाहाको अग्रता रहेको छ । प्रदेश तर्फ पनि एमालेले कुल आठ मध्ये आधा झण्डै आधा ल्याउने देखिएको छ । तीनमा जित सुनिश्चित भएपनि एकमा भने प्रतिस्पर्धामा एमाले छ ।

८१ ३८४ मत खसेको क्षेत्र नं. १ प्रतिनिधि सभामा ६९१७३ मत गणना हुदा एमालेका अच्युत मैनालीले ३३,१७७ मत ल्याएर अग्रता बनाउन सफल भएका छन । नेपाली काग्रेसका खानेपानीमन्त्री उमाकान्त चौधरीले २५५४५ मत ल्याएका छन ।

६६६७० मत खसेको बाराको क्षेत्र नं. २ को प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता शिवचन्द्र कुश्वाहाले ९८० मत ल्याएर अग्रता बनाएका छन । एमाले गबन्धनका उम्मेदवार जसपाका रामसहाय यादबले ८८९४ मत ल्याउन सफल भए ।

६७६७६ मत खसेको क्षेत्र नं. ३ को प्रतिनिधि सभामा एमालेकी ज्वाला साहले १७८०४ मतले अग्रता बनाएकी छिन । उनलाई जसपाका रामबाबु यादबले १५४९३ मत ल्याएर पच्छाईरहेका छन ।

७५०७२ मत खसेको क्षेत्र नं. ४ को प्रतिनिधि सभामा ३२२४ मतले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका कृष्ण कुमार श्रेष्ठ किसान बिजयी भएका छन । उनले २९५०५ मत प्राप्त गरे भने एमालेका एकवाल मियाले १९४३९ मत प्राप्त गरे । बारामा समानुपातिक मत गणना भई नसकेको र समानुपातिकको बाकसमा समेत झुक्किएर परेको केही मत थप भएपछिमात्र अन्तिम मत परिणाम घोषणा गरेर बिजयी घोषणा गर्ने निर्वाचन आयोगको कार्यक्रम रहेको छ ।

प्रदेश सभा तर्फ
क्षेत्र नं. १ प्रदेश सभा (१) मा नेकपा एमालेका त्रिलोकी चौधरी ११२६५ मत सहित अग्रता बनाएका छन । नेपाली काग्रेसका रमेश दङ्गालले १०४०९ मत ल्याएका छन ।

क्षेत्र नं. १ प्रदेश सभा (२) मा मधेश प्रदेशका पुर्व सभामुख जसपाका नेता सरोज यादबले १२६८७ मत सहित अग्रस्थामा छन । नेपाली काग्रेसका नागेन्द्र साह कानुले ९०६० मत प्राप्त गरे ।

क्षेत्र नं. २ प्रदेश सभा (१) मा स्वतन्त्रका शारदा शंकर कलबार ९२९५ मत सहित पुनः बिजयी भए । एमालेका बलबिर चौधरीले ६८६७ मत प्राप्त गर्न सफल भए ।

क्षेत्र नं. २ प्रदेश सभा (२) मा जसपाका नेता बच्चा राउत पुन बिजयी भए । राउतले १०३०२ मत ल्याउन सफल भएभने प्रतिद्धन्द्धी काग्रेसका रामअयोध्या यादबले ८९३९ मत ल्याउन सफल भए ।

क्षेत्र नं. ३ प्रदेश सभा (१) मा नेकपा एमालेका रबिन्द्र दास श्रेष्ठले ८१९५ मत ल्याई अग्रता बनाएका छन । माओवादीका मुकेश साहले ७३०९ मत प्राप्त गर्न सफल भए ।

क्षेत्र नं. ३ प्रदेश सभा (२) मा जसपाका नेता पारस प्र. साहले १७३४ मत ल्याई अग्रता बनाएका छन भने एमालेका महमद समिरले १६८१ ल्याउन सफल भए ।

क्षेत्र नं. ४ प्रदेश सभा (१) मा एमालेका देवनारायण चौधरी विजयी भएका छन । माओवादीका क्षेत्र बहादुर श्रेष्ठले ९४५६ मत प्राप्त गर्न सफल भए ।

क्षेत्र नं. ४ प्रदेश सभा (२) मा लोसपाका नेता जितेन्द्र सोनल पुन ः बिजयी भएका छन् । सोनलले १३५९६ मत ल्याउन सफल भए भने प्रतिद्धन्द्धी जसपाका आत्मराम साहले ८२६९ मत ल्याउन सफल भए ।

शेयर
प्रतिक्रिया
Skip to content