बारा प्रतिनिधि सभाकोे तीन क्षेत्रको मत गणना सकियो दुईमा एमाले बिजयी, एकमा नेकपा एस

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको तीनबटा निर्वाचन क्षेत्रको प्रतिनिधि सभाकोे मत गणना सम्पन्न भएको छ । जसमा दुईमा एमाले बिजयी भएको छ भने एकमा नेकपा एस बिजयी भएको छ ।

क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका उम्मेदबार नेकपा एसका कृष्ण श्रेष्ठ किसान घोषणा हुन बाँकी भएपनि बिजयी भई सकेका छन । जिल्लाका दुई क्षेत्रमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन । एकमा सत्ता गठबन्धनका उम्मृदबार माओवादी नेता शिवचन्द्र कुश्वाहाको अग्रता रहेको छ ।

क्षेत्र नं. १ प्रतिनिधि सभामा एमालेका अच्युत मैनालीले ३९,१९५ मत ल्याएर बिजयी भएका छन । नेपाली काग्रेसका खानेपानीमन्त्री उमाकान्त चौधरीले ३००५६ मत ल्याएका छन । मैनाली ९१३९ मतले बिजयी भएका हुन ।

बाराको क्षेत्र नं. २ को प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता शिवचन्द्र कुश्वाहाले १००१० मत ल्याएर अग्रता बनाएका छन । एमाले गबन्धनका उम्मेदवार जसपाका रामसहाय यादबले ९०२३ मत ल्याउन सफल भए ।

क्षेत्र नं. ३ को प्रतिनिधि सभामा पुर्वमन्त्री एवम एमालेकी ज्वाला साह २९७२ मतले बिजयी भएकी छिन । उनले २०२५१ मत ल्याईन भने उनका प्रतिस्पर्धि जसपाका रामबाबु यादबले १७२६९ मत ल्याए ।

क्षेत्र नं. ४ को प्रतिनिधि सभामा ३२२४ मतले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका कृष्ण कुमार श्रेष्ठ किसान बिजयी भएका छन । उनले २९५०५ मत प्राप्त गरे भने एमालेका एकवाल मियाले १९४३९ मत प्राप्त गरे । बारामा समानुपातिक मत गणना भई नसकेको र समानुपातिकको बाकसमा समेत झुक्किएर परेको केही मत थप भएपछिमात्र अन्तिम मत परिणाम घोषणा गरेर बिजयी घोषणा गर्ने निर्वाचन आयोगको कार्यक्रम रहेको छ ।

प्रदेश सभा तर्फ
क्षेत्र नं. १ प्रदेश सभा (१) मा नेकपा एमालेका त्रिलोकी चौधरी १२९३२ मत सहित अग्रता बनाएका छन । नेपाली काग्रेसका रमेश दङ्गालले ११८४७ मत ल्याएका छन ।

क्षेत्र नं. १ प्रदेश सभा (२) मा मधेश प्रदेशका पुर्व सभामुख जसपाका नेता सरोज यादबले १५९२७ मतले पुन बिजयी भएका छन । नेपाली काग्रेसका नागेन्द्र साह कानुले ११०४० मत प्राप्त गरे ।

क्षेत्र नं. २ प्रदेश सभा (१) मा स्वतन्त्रका शारदा शंकर कलबार ९२९५ मत सहित पुनः बिजयी भए । एमालेका बलबिर चौधरीले ६८६७ मत प्राप्त गर्न सफल भए ।

क्षेत्र नं. २ प्रदेश सभा (२) मा जसपाका नेता बच्चा राउत पुन बिजयी भए । राउतले १०३०२ मत ल्याउन सफल भएभने प्रतिद्धन्द्धी काग्रेसका रामअयोध्या यादबले ८९३९ मत ल्याउन सफल भए ।

क्षेत्र नं. ३ प्रदेश सभा (१) मा नेकपा एमालेका रबिन्द्र दास श्रेष्ठले ८१९५ मत ल्याई अग्रता बनाएका छन । माओवादीका मुकेश साहले ७३०९ मत प्राप्त गर्न सफल भए ।

क्षेत्र नं. ३ प्रदेश सभा (२) मा जसपाका नेता पारस प्र. साहले ४९४१ मत ल्याई अग्रता बनाएका छन भने एमालेका महमद समिरले ४५०१ ल्याउन सफल भए ।

क्षेत्र नं. ४ प्रदेश सभा (१) मा एमालेका देवनारायण चौधरी विजयी भएका छन । माओवादीका क्षेत्र बहादुर श्रेष्ठले ९४५६ मत प्राप्त गर्न सफल भए ।

क्षेत्र नं. ४ प्रदेश सभा (२) मा लोसपाका नेता जितेन्द्र सोनल पुन ः बिजयी भएका छन् । सोनलले १३५९६ मत ल्याउन सफल भए भने प्रतिद्धन्द्धी जसपाका आत्मराम साहले ८२६९ मत ल्याउन सफल भए ।

बारामा दुई प्रतिनिधी सहित करिब चार प्रदेश सभा जित्दै एमाले पहिलो दल

शेयर
प्रतिक्रिया
Skip to content