चरित्र हत्या गर्ने जो कोहीलाई कानुनी कार्वाहीको दायरामा ल्याउछु –जयराम दहाल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेकपा माओवादीका नेता एवम सबिधान सभाका सदस्य जयराम दहालले आफनो चरित्र हत्या गर्ने जो कोहीलाई कानुनी कार्वाहीको दायरामा ल्याउने बताएका छन ।

   बाराको सिमरामा पत्रकार सम्मेलन गर्दै दहालले सो कुरा बताएका हुन । आफनो ब्यबसाय र ब्यापार घरायसी कारोवारको बिषयलाई निर्वाचनमा हराउन कसैसग पैसा लिएर लागेको भन्ने आरोप लगाएपछि चरित्र हत्या गर्ने काम भएको बताए । यो बिषयको कार्वाहीको लागि क्राईम ब्रान्चमा जाने उनले बताए ।

 जुनसुकै बैक र सत्यतथ्यमा जान आफु तयार रहेको उनले बताए । जो साथी पार्टीबाट हारेको हो उ हारेको हैन म पनि हारेको र पार्टी हारेको बताउदै नेता दहालले निर्वाचनमा टिकट पाएका साथीले एक पटक पनि आफुसग नआएको भएपनि आफुले पार्टीकै उम्मेदबारलाई सहयोग गरेको बताएका छन ।

बारा निर्वाचन क्षेत्र नं. ४ (१) बाट प्रदेश सभामा उम्मेदवार बनेका श्रेत्र बहादुर श्रेष्ठ अनिल जीतपुरका एमाले नेता देवनारायण चौधरीसग पराजित भएपछि अनिल श्रेष्ठको समुहले पार्टीबाटै गद्धारी भएको भन्दै सामाजिक सञ्जालबाट बिरोध गर्दै आएका छन । सो अन्र्तगत अर्जुन शर्माले दहाल बिरुद्ध फेसबुकमा एमालेसग रकम लिएर अन्र्तघात भएको भन्दै चरित्र हत्या भएको दहालले बताए ।

उनले जो सुकैले छानबिन गर्दा हुन्छ मैले पार्टीको हित विपरित कुनै काम गरेको छैन दहालले बताए । अनाहकमा आफनो गल्तीले निर्वाचन हार्ने दो अरुलाई थुपारेर चरित्र हत्या गरिनु दुखद भएको उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content