बाराको प्रतिनिधि सभा सदस्यको तीन वटा निर्वाचन क्षेत्रको मत गणना सम्पन्न भएको छ । जस अनुसार प्रतिनिधि सभामा पाँच दलिय सत्ता गठबन्धनको एक र एमाले जसपा गठबन्धनको दुई स्थानमा बिजयी भएका छन ।
क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका नेकपा एसका कृष्ण कुमार श्रेष्ठ किसान बिजयी भएका हुन । क्षेत्र नं. १ र ३ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन । एकमा अच्युत मैनाली र ३ मा ज्वाला साह बिजयी भएका हुन । क्षेत्र नं. २ मा भने अझै पाँच वटा वडाको मत गन्न बाँकी रहेको छ ।
चार वटै प्रतिनिधि सभाको मत यस प्रकार छ ।
क्षेत्र नं. १ प्रतिनिधि सभामा एमालेका अच्युत मैनालीले ३९,१९५ मत ल्याएर बिजयी भएका छन । नेपाली काग्रेसका खानेपानीमन्त्री उमाकान्त चौधरीले ३००५६ मत ल्याएका छन । मैनाली ९१३९ मतले बिजयी भएका हुन ।
बाराको क्षेत्र नं. २ को प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता शिवचन्द्र कुश्वाहाले १२१९३ मत ल्याएका छन । उनलाई पछाडी पार्दै एमाले गबन्धनका उम्मेदवार जसपाका रामसहाय यादबले १२४०६ मत ल्याएर अग्रता बनाएका छन ।
क्षेत्र नं. ३ को प्रतिनिधि सभामा पुर्वमन्त्री एवम एमालेकी ज्वाला साह २९७२ मतले बिजयी भएकी छिन । उनले २०२५१ मत ल्याईन भने उनका प्रतिस्पर्धि जसपाका रामबाबु यादबले १७२६९ मत ल्याए ।
क्षेत्र नं. ४ को प्रतिनिधि सभामा ३२२४ मतले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका कृष्ण कुमार श्रेष्ठ किसान बिजयी भएका छन । उनले २९५०५ मत प्राप्त गरे भने एमालेका एकवाल मियाले १९४३९ मत प्राप्त गरे ।
प्रदेश सभा तर्फ मत गणना सम्पन्न एमाले बारामा ठुलो दल
आठ प्रदेश सभा तर्फ सबै स्थानको मत गणना सम्पन्न भएको छ । आठ स्थान मध्ये नेकपा एमालेले एक्लैले चार स्थानमा बिजयी भएको छ । प्रदेश सभाको सदस्य बारामा जित्नेमा जसपा दोश्रो द लबनेको छ । उसले दुई प्रदेश सभा जितेको छ । एकमा लोसपा र एकमा स्वतन्त्रले जित निकाल्न सफल भएका हुन । प्रदेश र प्रतिनिधि सभा दुवैमा नेपाली काग्रेस निल भएको छ ।
क्षेत्र नं. १ प्रदेश सभा (१) मा नेकपा एमालेका त्रिलोकी चौधरी १६७९८ मत सहित बिजयी भएका छन । नेपाली काग्रेसका रमेश दङ्गालले १४२७० मत ल्याएका छन ।
क्षेत्र नं. १ प्रदेश सभा (२) मा मधेश प्रदेशका पुर्व सभामुख जसपाका नेता सरोज यादबले १५९२७ मतले पुन बिजयी भएका छन । नेपाली काग्रेसका नागेन्द्र साह कानुले ११०४० मत प्राप्त गरे ।
क्षेत्र नं. २ प्रदेश सभा (१) मा स्वतन्त्रका शारदा शंकर कलबार ९२९५ मत सहित पुनः बिजयी भए । एमालेका बलबिर चौधरीले ६८६७ मत प्राप्त गर्न सफल भए ।
क्षेत्र नं. २ प्रदेश सभा (२) मा जसपाका नेता बच्चा राउत पुन बिजयी भए । राउतले १०३०२ मत ल्याउन सफल भएभने प्रतिद्धन्द्धी काग्रेसका रामअयोध्या यादबले ८९३९ मत ल्याउन सफल भए ।
क्षेत्र नं. ३ प्रदेश सभा (१) मा नेकपा एमालेका रबिन्द्र दास श्रेष्ठले ८१९५ मत ल्याई अग्रता बनाएका छन । माओवादीका मुकेश साहले ७३०९ मत प्राप्त गर्न सफल भए ।
क्षेत्र नं. ३ प्रदेश सभा (२) मा एमालेका महमद समिर ६८ मत बढी ल्याएर बिजयी भएका छन । समिरले ८३२३ मत ल्याउन सफल भए भने जसपाका नेता पारस प्र. साहले ८२५५ मत ल्याउन सफल भए । शुरुदेखि अन्तिमसम्म अग्रता बनाएका साहले अन्तिममा झिनो मतले पराजित भएका हुन ।
क्षेत्र नं. ४ प्रदेश सभा (१) मा एमालेका देवनारायण चौधरी विजयी भएका छन । चौधरीले १३६१९ मत ल्याए भने माओवादीका क्षेत्र बहादुर श्रेष्ठले ९९८९ मत प्राप्त गर्न सफल भए ।
क्षेत्र नं. ४ प्रदेश सभा (२) मा लोसपाका नेता जितेन्द्र सोनल पुन ः बिजयी भएका छन् । सोनलले १३५९६ मत ल्याउन सफल भए भने प्रतिद्धन्द्धी जसपाका आत्मराम साहले ८२६२ मत ल्याउन सफल भए ।
बारामा दुई प्रतिनिधी सहित करिब चार प्रदेश सभा जित्दै एमाले पहिलो दल
बारा प्रतिनिधि सभाकोे तीन क्षेत्रको मत गणना सकियो दुईमा एमाले बिजयी, एकमा नेकपा एस