बारा । बाराको प्रतिनिधि र प्रदेश सभा सदस्यको चारवटै निर्वाचन क्षेत्रको मत गणना सम्पन्न भएको छ । जस अनुसार नेकपा एमालेले दुई प्रतिनिधि सभा र चार प्रदेश सभा विजयी भएको छ । जसपाले एक प्रतिनिधि सहित दुई प्रदेश सभामा जित निकालेको छ । नेकपा एकिकृत समाजवादीले एक प्रतिनिधि सभा हात पारेको छ । त्यस्तै लोसपाले एक प्रदेश सभा र एक स्वतन्त्र उम्मेदवारले प्रदेश सभामा जित निकालेका हुन । समानुपातिको मत गणना भने भई सकेको छैन ।
प्रतिनिधि सभाको क्षेत्र नं. १ मा अच्युत मैनाली, २ मा जसपाका रामसहाय यादब , ३ मा एमालेकी ज्वाला साह , ४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ किसान बिजयी भएका हुन ।
चार वटै प्रतिनिधि सभाको मत यस प्रकार छ ।
क्षेत्र नं. १ प्रतिनिधि सभामा एमालेका मैनालीले ३९,१९५ मत ल्याएर बिजयी भएका हुन । नेपाली काग्रेसका खानेपानीमन्त्री उमाकान्त चौधरीले ३००५६ मत ल्याएका छन ।
बाराको क्षेत्र नं. २ मा जसपाका रामसहाय यादबले १३८२२ मत ल्याएर बिजयी भएका हुन । माओवादी नेता शिवचन्द्र कुश्वाहाले १३४६८ मत ल्याएका छन ।
क्षेत्र नं. ३ मा एमालेकी ज्वाला साहले २०२५१ मत ल्याई बिजयी भईन भने उनका प्रतिस्पर्धि जसपाका रामबाबु यादबले १७२६९ मत ल्याए ।
क्षेत्र नं. ४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ किसानले २९५०५ मत प्राप्त गरेर बिजयी भए भने एमालेका एकवाल मियाले १९४३९ मत प्राप्त गरे ।
प्रदेश सभा तर्फ समेत मत गणना सम्पन्न भएको छ । देशमै ठुलो द लबनेको नेपाली काग्रेस बाराको आन्तरिक किचलोले प्रतिनिधि र प्रदेश सभा दुवैमा नेपाली काग्रेस निल भएको छ ।
आठ वटै प्रदेश सभाको मत यस प्रकार छ ।
क्षेत्र नं. १ को (१) मा नेकपा एमालेका त्रिलोकी चौधरी १६७९८ मत सहित बिजयी भएका छन । नेपाली काग्रेसका रमेश दङ्गालले १४२७० मत ल्याएका छन ।
क्षेत्र नं. १ कै (२) मा मधेश प्रदेशका पुर्व सभामुख जसपाका नेता सरोज यादबले १५९२७ मतले पुन बिजयी भएका छन । नेपाली काग्रेसका नागेन्द्र साह कानुले ११०४० मत प्राप्त गरे ।
क्षेत्र नं. २ को (१) मा स्वतन्त्रका शारदा शंकर कलबार ९२९५ मत सहित पुनः बिजयी भए । एमालेका बलबिर चौधरीले ६८६७ मत प्राप्त गर्न सफल भए ।
क्षेत्र नं. २ कै (२) मा जसपाका नेता बच्चा राउत पुन बिजयी भए । राउतले १०३०२ मत ल्याउन सफल भए भने प्रतिद्धन्द्धी काग्रेसका रामअयोध्या यादबले ८९३९ मत ल्याउन सफल भए ।
क्षेत्र नं. ३ (१) मा नेकपा एमालेका रबिन्द्र दास श्रेष्ठले ८१९५ मत ल्याई बिजयी भएका छन । माओवादीका मुकेश साहले ७३०९ मत प्राप्त गर्न सफल भए ।
क्षेत्र नं. ३ (२) मा एमालेका महमद समिर ६८ मत बढी ल्याएर बिजयी भएका छन । समिरले ८३२३ मत ल्याउन सफल भए भने जसपाका नेता पारस प्र. साहले ८२५५ मत ल्याउन सफल भए ।
क्षेत्र नं. ४ (१) मा एमालेका देवनारायण चौधरी विजयी भएका छन । चौधरीले १३६१९ मत ल्याए भने माओवादीका क्षेत्र बहादुर श्रेष्ठले ९९८९ मत प्राप्त गर्न सफल भए ।
क्षेत्र नं. ४ (२) मा लोसपाका नेता जितेन्द्र सोनल पुन ः बिजयी भएका छन् । सोनलले १३५९६ मत ल्याउन सफल भए भने प्रतिद्धन्द्धी जसपाका आत्मराम साहले ८२६२ मत ल्याउन सफल भए ।