बारा क्षेत्र नं १बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अच्चुत प्रसाद मैनाली एवं प्रदेश सभा सदस्यमा निर्वाचित त्रिलोकी चौधरी र सरोज कुमार यादव लाई म बधाई एवं शुभकामना व्यक्त गर्दछु। नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न तपाईंहरुलाई सँधै प्रेरणा मिलीरहोस्।
निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई म धन्यवाद दिन चाहन्छु। तपाईंहरुको यो सहभागिता नै लोकतन्त्रको बलियो आधार हो। चुनावमा हार जीत त हुन्छ नै। तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई चुनावको नतिजाले भविष्यमा पनि रोक्ने छैन बरु थप क्षेत्र बासी मतदाताको मन जित्ने गरी काम गर्न अग्रसर हुनेछु। मलाई मत दिनु हुने प्रतिको विश्वास र माया नै मेरो जीत हो। यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ।
चुनावी अभियानमा हामीलाई सक्रिय सहयोग गर्नुहुने सबै साथीहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु। समावेशी लोकतन्त्र र गणतन्त्र प्रतिको तपाईंहरुको आस्था र तपाईंहरुको उत्साह र कर्मशीलताले मलाई नेपालको भविष्य सुदृड र समृद्ध छ भन्ने कुरामा पुनः विश्वास दिलाएको छ। चुनावको नतिजाले नआत्तिनुहोस्। देश सेवामा म सँधै तपाईंहरुको साथमै हुनेछु।
निर्वाचनलाई सफल बनाउन खट्नु भएका निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु। निर्वाचनमा जनताले निर्धक्क भएर आफ्नो मत खसाल्न पाउनु लोकतन्त्रको निम्ति अपरिहार्य हो। यसमा तपाईंहरुको योगदान प्रशंसनिय छ। जय नेपाल।
उमाकान्त चौधरी
केन्द्रिय सहमहामन्त्री, नेपाली कांग्रेस एव प्रत्यासी प्रतिनिधि सभा सदस्य बारा क्षेत्र नं १
हार्दिक आभार २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा मलाइ मत दिनु हुने बारा क्षेत्र ३ ख का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।
चुनावी अभियानमा खटिनु भएका नेता, कार्यकर्ता, शुभेच्छुक र सहयोग गर्नु हुने सम्पूर्ण मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । चुनाव हो, हारजित अबश्य हुन्छ। लोकतन्त्रको यो सुन्दर पक्षलाई स्विकार गर्दै यश क्षेत्र बाट निर्वाचित हुनुभएका महमद समिर ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना आफुले जित निकाल्न नसके पनि आउदो दिनहरुमा जनतासङ्ग प्रत्यक्ष सम्पर्क रहि विकास निर्माणका योजना र आवश्यकता लाई सँधै उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु साथै निर्वाचन प्रक्रियालाई सभ्य, भब्य, अनुशासित बनाउन सहयोग गर्ने प्रमुख निर्वाचन अधिकृत, मतदान अधिकृत, गणक, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मिहरु, पत्रकार, सवैलाई धन्यवाद दिन चाहन्छु।
पारस प्रसाद साह पुर्ब प्रदेश सभा स्द्स्य क्षेत्र३ख , बारा।
यही २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बारा क्षेत्र न ३ को लागि मलाई सम्मानजनक मतदान गर्नुहुने जेष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिनु हुने सम्पुर्ण युवा,महिला,कर्मचारी,व्यपारी,एवम् आमनागरिक ,पार्टी कार्यकर्ता,शिक्षकहरु लगायत सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।लोकतन्त्रमा निर्वाचन मार्फत आफ्नो जनप्रतिनिधि चयन गरिनु उतम प्रक्रिया भएकोले हार जितलाई सहज र सरल रूपमा ग्रहण गरिनुपर्छ ।जनताले मेरो प्राजयलाई नै परिवर्तन मानेका हुन् भने त्यो मेरो लागि स्वीकारयोग्य भएको र आउने दिनहरुमा निरन्तर यहाँको जनताको हरेक यात्रामा सहयात्री भैइ समाज निर्माण र परिवर्तनको निमित्त कटिबद्धता व्यक्त गर्दै अगामी दिनहरूमा यो क्षेत्रको विकास,समृद्धि,तथा सुशासनको लागी झन प्रक्रियापुर्वक जिम्मेवार भैइ शिक्षा ,स्वास्थ्य, सिचाइं,सडक, पुलपुलेसा,लगायत जनताको जिवनस्तर उकास्नको लागी पहिले जस्तै निरंतरता रहेने मेरो प्रमुख राजनीतिक यात्रा हुनेछ ।
रामबाबु कुमार यादव
अध्यक्ष
जसपा,मदेस प्रदेश
बारा क्षेत्र नम्बर ४९१० ( कलैया (१७, प्रसौनि(७, जिसि उपमहानगरपालिका(१,२,३,४,५,६,७,८,९,१०,१९, २०,२१,२२,२३र २४ हरपुर बाम ( लोकतान्त्रिक गठबंधनको उम्मेदवार म क्षेत्र बहादुर श्रेष्ठ अनिल ,चुनाव चिन्ह गोलाकार भित्रको हसियां हथौड़ामा मतदान गरि आदरणीय मतदाताहरुबाट बिजय गराउन सक्दो प्रयास गर्नु हुने ४९१० का पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिती ,१८ वटा वडा स्तरका पाँच दलिय निर्वाचन परिचालन समितिका सम्पुर्ण पदाधिकारीहरु ,सम्पुर्ण मतदाताहरुमा हार्दिक बधाई तथा धन्यवाद दिन चाहान्छु।
किन हार भयो भन्ने सवालमा सबै आदरणीय मतदाताहरुको जिज्ञासा् बनिरहेको छ। यस बिषयमा गंभिर समिक्षा गरि यहाँहरुसंग भेटघाट गरि प्रष्ट हुदै अघि बढनु पर्ने छ। स्थानीय स्तरमा भएको परिचालन समितिको बैठक बसि समिक्षा गरि जानकारी गराइने छ। लोकतान्त्रिक बिधि र नितिबाट प्राप्त परिणाम स्वीकार छ। जनताको सेवा र समृद्धि हाम्रो मुल उद्देश्य भएको हुनाले निर्वाचन क्षेत्र४९१० का सम्पुर्ण जनसमुदायसंग हातेमालो गर्दै अघि बढने प्रतिबद्धता गर्दछु।
बारा क्षेत्र न ४ क १ क्षेत्र बहादुर श्रेष्ठ अनिल २०७९.०८.०७
फेसबुक पोस्ट मार्फतनै उनले सबैसंग चिनजान भयो । धोका झ भनेका छन ।
दोश्रो फेसबुक पोस्ट मार्फत अनिलले यसो भनेका छन बारा क्षेत्र नम्बर ४९१० बाट बाम( लोकतान्त्रिक गठबन्धनको उम्मेदवार चुनावी मैदानमा जादै गर्दा चौतर्फी सहयोग र चौतर्फी असहयोगको बीचमा चुनावी परिणाम पराजय भोग्नु पर्यो। जसमा मैले मंसिर ७ गते सम्पुर्ण गठबन्धनको नेया,कार्यकर्ता र मेरा आदरणीय मतदाताहरुलाइ बिशेष धन्यवाद दिइसकेको छु। संयोग भन्नु पर्छ ( चुनावको परिणाम संगसंगै रुघाखोकी ,ज्वारोको कारण म घरमै आराम गरिरहे छु। स्वास्थ ठिक भए पश्चात वडा वडामा गै गठबन्धनका नेता,कार्यकर्ता र मतदाताहरुसंग भेटघाट गर्ने छु। एउटा भनाइ छ( आफ्नो सपनालाइ जिवन्त राख्नु होस् ।यो बुझ्नुहोस कि कुनैपनि कुरा प्राप्त गर्नको लागि भरोसा ,आफुप्रतिको बिश्वास,योजना ,कडा मेहेनत,दृढ संकल्प र निरन्तर लगावको आवश्यकता पर्दछ। ख्याल राख्नुहोस ,जसमा बिश्वास छ ,उसले यि सबै संभव छ( गेल डेभेर्स
जिवन सफल र असफल बेहोर्दै अघि बढने एउटा यात्रा हो। जनता महान हुन ,कहिले यो रोज्न पुग्छ ,कहिले त्यो रोज्न पुग्छ । तपाईं यदि सहि प्रमाणित गर्न चाहानु हुन्छ भने जनतासम्म आफ्नो एजेन्डा लिएर जानुको बिकल्प छैन । मेरो पार्टी माओवादी केन्द्रले पनि समिक्षा गरेर सहि सत्य कुरा ल्याउने नै छ। बाकि पाटनर गठबन्धनबाट पनि गहिरो समिक्षा गर्ने नै छ। किनकि हामिले जनतामा चुनावी अभियानमा मंचबाट भनेका थियौ कि यो गठबन्धन लोकतन्त्र ,संबिधान रक्षाको लागि हो हामीलाइ भोट हालि जिताउनुस भनेका थियौ। आम मतदाताहरुले प्रश्न गरि रहेकोे छ ,हार कसरी भयोरु यसको जवाफ हामी गठबन्धनले दिनै पर्छ। यो इतिहास बन्दैछ ढिलो चाडो जवाफ दिनै पर्छ। समाज समृद्ध बनाउन इमानदार हुनै पर्छ। जालझेल ,षड्यन्त्र ,बदलाभाव,रिसिबि साददै अघि बढे समाजको प्रगति र उन्नति हुन सक्दैन ,कोहि पात्र बिशेष खुसि त हुन सक्छ तर देशमा अस्थिरता र अराजकता कायम भैरन्छ।
आजैबाट सबै प्रकारको गलत क्रियाकलापहरुलाइ चिदै अघि बढौ। गठबन्धनको उम्मेदवार म अनिल श्रेष्ठ हार्दै गर्दा धैरै मतदाताहरु दुखि हुनुहुन्छ ,धेरै साथीहरूको भेटघाट र फोनबाट सहानुभूति दिरहनु भएको छ। म वहाँलाइ आभार र धन्यवाद दिन चाहान्छु। हराउन सफल भैयो भन्ने आदरणीय महानुभावहरुलाइ पनि धन्यवाद दिन चाहान्छु। प्रबल संभावना रहेको चुनाव पराजयले अझ ससक्त रूपमा अघि बढन शिक्षा दिएको छ। चुनावी हारको बेला मिडियामा विभिन्न चलखेल हुने गर्दछ ,यसमा मेरा सबै नेता ,कार्यकर्ता ,समर्थक,शुभ चिन्तकहरुमा अपिल गर्न चहान्छु ,सचेत रहनु होला ,सामाजिक संजालमा सहि कुरा लेख्नु होला आबेगमा आएर कसैलाइ आच आउने गतिविधि नगर्नु होला। धैर्यता ,संयमता राख्नु होला। हारलाइ स्वीकार गर्ने क्षमता राखि जितको योजना निर्माण गर्नु पर्दछ। मेरो समर्थक शुभ चिन्तकहरुबाट भनिएको र लेखिएको कुराबाट कहिँ कतै चित्त दुखेको भए मेरो तर्फबाट माफि चाहान्छु। बाटो घुमौरो,टेडोमेडो,उकालो ओरालो छ तर सामना गर्दै अघि बढे उज्यालो भबिष्य देखिन्छ ।
मंसिर १० गते ,सिमरा निजि निवास । अनिल
समावेशी लोकतन्त्र र गणतन्त्रको सुन्दर पक्ष निर्वाचनमा सहभागी भई म प्रति विश्वास र मायाका साथ मलाई मतदान दिनु हुने सम्पूर्ण मतदाताहरुलाई म हृदय देखि आभार तथा धन्यवाद दिन चाहन्छु ्र चुनावमा हार जीत त हुन्छ नै। तर पनि आफ्नो क्षेत्रको, यहाँका जनताको सेवा अनवरत गर्ने नै छु ्र
निर्वाचनलाई सफल बनाउन खट्नु भएका निर्वाचन कार्यालय, निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु।
बारा प्रतिनिधि सभा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको रुपमा पुनः निर्वाचित मा। रामसहाय प्रसाद यादव तथा प्रदेश सभा सदस्यमा पुनः निर्वाचित सारदा शंकर प्रसाद कलवार र बच्चा राउत अहिरलाई बधाई एवं शुभकामना व्यक्त गर्दछु। आज सम्पन्न निर्वाचनमा सफलतापूर्वक मतदान गर्नु हुने सम्पूर्ण मतदाताज्यूहरुलाई हार्दिक आभार प्रकट गर्दछु ्र साथै यस निर्वाचन क्षेत्र नं २ भित्र निर्वाचनलाई सफल पार्न अहोरात्र खटिने निर्वाचन कार्यलय, सम्पूर्ण मतदान अधिकृतज्यू, प्रशासन, सुरक्षाकर्मी, पत्रकार, पर्यवेक्षक तथा निर्वाचन प्रक्रियामा सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
रोशन यादब स्वतन्त्र उम्मेदवार
आदरणीय ३ न। क्षेत्र का मलाई मत दिने जनता प्रति आभार बयक्त गर्दछु र मलाई मत दिने जनता लाई आजीवन सेवा गर्ने छु । लोकतान्त्रिक परिपार्टी अनुसार हार जीत एउटा प्राकृतिक प्रणाली हो , त्यसैले मेरा समर्थक हरुलाइ निराश न भई आशा राख्न अनुरोध गर्दछु । म संग चित्त नबूझे का जनता संग चित्त बुझाउने प्रयास गर्ने छु र चित्त बुझाउने छु । गठबंधन का सबै नेता प्रति सलाम गर्दछु । गठबंधन का कॉंग्रेस का नेता प्रति बढ़ी सलाम छ । जय नेपाल , लाल सलाम , जाय मदेश साथै मेरो प्रतिस्पर्धी ज्वाला साह ज्यू लाई हार्दिक बधाई छ । कार्यकाल ३ नंबर प्रति उत्तरदाई रहोस भन्ने कामना गर्दछु ।
लालबाबु सिह
सम्पूर्णमा हार्दिक आभार लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो। यो निर्वाचनमा गठबन्धनको तर्फबाट उमेदवार बनाउन सिफारिस गर्नुहुने सम्बन्धित कमिटी प्रती आभार। निर्वाचनमा मलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाता, गठबन्धनका सम्पूर्ण नेतृत्व, शुभचिन्तक,पत्रकार र सहयोगी हरुमा हृदयदेखिनै कृतज्ञता प्रकट गर्दछु। यो निर्वाचनमा जनताको मताधेश बाट पुर्ण स्वीकृत नभएपनी जनादेशबाट अनुमोदित भएको छु। निर्वाचनलाई मैले मेरो राजनितिक जिवनकै एउटा अविस्मरणीय शिक्षाको रुपमा लिएको छु। एक उल्लासपुर्ण वातावरणमा भएको मेरो उम्मेद्बारी पछिको घटनाक्रम पक्कै विभिन्न कोण र जोडबाट भएका अकल्पनीय खेल झनै मेरोलागी आगामी दिनमा अगाडि बढ्ने उर्जा प्रप्तीको श्रोत बनेको छ। मप्रती आशा र भरोसा गरि मतदान गर्नुहुने सम्पूर्णलाई निराश नभैइ मेरो राजनिती सेवा र समाजसेवामा निरन्तर साथ,सहयोग र सुझावको अपेक्षा राख्दछु। मैले निर्वाचनको बेलामा जनताहरु विच राखेको प्रतिबद्धता पुरागर्न दत्तचित्त भएर लाग्नेनै छु। म राज्यसत्ताम नभएपनी जनताको बिचमा रहेर निरन्तर सेवा गरिरहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचित हुनुहुने त्रीलोकी प्रसाद चौधरीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
रमेश दङाल
२०७९. ८. ४ गते सम्पन्न मदेस प्रदेश सभा सदस्य को निर्वाचन मा मतदान गर्नु हुने सम्पूर्ण आदरणीय मतदाताहरु प्रती हार्दिक आभार व्यक्त गर्दै चुनाव प्रचार(प्रसार कार्यमा विभिन्न चुनावी समिति मा रहेर सहयोग गर्ने सम्पुर्ण साथीहरू शुभचिन्तक आफन्तजन समाजसेवी खेलाडी खेलप्रेमी एवं पत्रकार साथीहरू लगायत अन्य सम्पूर्ण सहयोगी मित्रहरु प्रती हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईहरु को यो ठुलो सहयोग ले मेरो हौसला अझ बढाएको छ र आगामी दिनहरुमा स्वस्फूर्त रुपले जनता र समाजको निस्वार्थ सेवा मा समर्पित रहिरहने बाचा गर्दछु । फेरि पनि सम्पूर्ण सहयोगि मित्रहरूमा पुनःधन्यवाद व्यक्त गर्दछु
क. मुकेश साह
मदेस प्रदेश सभा सदस्य उमेदवार
ने।क।पा।माओवादी केन्द्र कलैया बारा
बारा क्षेत्र नं १बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अच्चुत प्रसाद मैनाली एवं प्रदेश सभा सदस्यमा निर्वाचित त्रिलोगी प्रसाद चौधरी र सरोज कुमार यादव लाई म बधाई एवं शुभकामना व्यक्त गर्दछु। नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न तपाईंहरुलाई सँधै प्रेरणा मिलीरहोस्। निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई म धन्यवाद दिन चाहन्छु। तपाईंहरुको यो सहभागिता नै लोकतन्त्रको बलियो आधार हो।
चुनावमा हार जीत त हुन्छ नै। तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई चुनावको नतिजाले भविष्यमा पनि रोक्ने छैन बरु थप क्षेत्र बासी मतदाताको मन जित्ने गरी काम गर्न अग्रसर हुनेछु। मलाई मत दिनु हुने प्रतिको विश्वास र माया नै मेरो जीत हो। यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ। चुनावी अभियानमा हामीलाई सक्रिय सहयोग गर्नुहुने सबै साथीहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु। समावेशी लोकतन्त्र र गणतन्त्र प्रतिको तपाईंहरुको आस्था र तपाईंहरुको उत्साह र कर्मशीलताले मलाई नेपालको भविष्य सुदृड र समृद्ध छ भन्ने कुरामा पुनः विश्वास दिलाएको छ। चुनावको नतिजाले नआत्तिनुहोस्। देश सेवामा म सँधै तपाईंहरुको साथमै हुनेछु। निर्वाचनलाई सफल बनाउन खट्नु भएका निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु। निर्वाचनमा जनताले निर्धक्क भएर आफ्नो मत खसाल्न पाउनु लोकतन्त्रको निम्ति अपरिहार्य हो। यसमा तपाईंहरुको योगदान प्रशंसनिय छ। जय नेपाल
नागेंद्र साह
सिम्रोनगढ़ नगर सभापति , नेपाली कांग्रेस एव प्रत्यासी प्रदेश सभा सदस्य बारा क्षेत्र नं १ ख