निजगढ । १९औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस बारामा पनि मनाईएको छ । बाराको निजगढ लगायत १६ वटै स्थानीय तहमा दिवश मनाइएको हो । निजगढ नगरपालिकाको स्वास्थ्य शाखाद्धारा दिवशको उपलक्षमा शहिदचौकदेखि नगरपालिकासम्म ब्यानरसहित ¥याली गरी दिबश मनाईएको हो ।
महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवद्र्धनमा ऐक्यवद्धता भन्ने नारा सहित भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख सुरथ पुरीले स्वयमसेविकाको समाजमा योगदान उच्च रहेको बताउनु भयो । स्वास्थ्य शाखा संम्योजक रमेश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर सोममाया थिङ, लेखा प्रमुख शिव प्रसाद देवकोटा, स्वास्थ्य शाखा सह संम्योजक मणिश्वर घिमिरे, निजगढ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रिन्स तिवारी लगायतले दिवशको अबसरमा मन्तब्य ब्यप्त गरेका थिए ।
कार्यक्रममा आर्थिक बर्ष ०७८÷०७९ मा उत्कृष्ट कार्य गरे वापत नौ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई दोसल्ला प्रमाणपत्र सहित सम्मान गरिएको थियो । स्वास्थ्य शाखाकी सि.अ.न.मी. रामप्यारी तिमल्सिनाले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुखहरु, निजगढ नगरका २७ महिला स्वयमसेविकाहरु, कर्मचारी अन्य जनप्रतिनिधि समेत सहभागि थिए ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बक्ताहरुले महिला स्वास्थ्य स्वयमसेविकाहरुको स्वास्थ्यको जग नै महिला स्वास्थ्य स्वयमसेविका भएकोले राज्यले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका थिए । सोही अवसरमा स्वयमसेविकाहरुले पनि आफ्ना गुनासा र दुखहरु पोखेका थिए । उनीहले वर्षौदेखि स्वास्थ्यको क्षेत्रमा आफूहरुले भोकै प्यासै काम गरेको भएपनि राज्यले अहिले सम्म आफूहरुको कामको मूल्यांकन गर्न नसकेको बताएका थिए । ‘
महिला स्वास्थ्य स्वयमसेविकाहरुको तर्फबाट आफ्ना भनाई राख्दै स्वयमसेविका सिता खड्काले आफूहरुले २०४५ सालदेखि नै निःशुल्क स्वयमसेवा गर्दै आएको बताईन् । स्वयमसेविकाहरुको दिवसलाई जनप्रनिधिहरुले वेवास्ता गर्न नहुने बताईन ।