बारा । रिलायन्स सुगर मिल बाराले किसानहरुका लागि उपलब्ध गराएको उखु रोग लागेपछि किसानहरु आन्दोलित भएका छन ।
उद्योगले उपलब्ध गराएको बिउ कमशल भएका किसानको उखु सुकेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन । उन्नत जातको बीउ भनी किसानलाई उपलब्ध गराएको उखु समय अघिनै सुक्न थालेपछि किसानहरुले शनिबार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन ।
सडकमै सुकेको उखु जलाएर उनीहरुले प्रदर्शन समेत गरेका हुन । दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध पारेर प्रदर्शन गरिएको उखु किसानले बताएका छन । रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएका कारण आफूहरु समस्यामा परेको उनीहरुको आरोप छ ।
उद्योगका प्रतिनिधि र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु छलफलमा नआएकाले बाध्य भएर सडकमा चक्काजाम गर्नु परेको प्रदर्शनमा सहभागी किसान शशीकान्त यादवले बताए ।
धेरै उत्पादन दिने उन्नत जातको भनेर ४–५ वर्षअघिदेखि नै सिओजिरो–२३८ जातको उखु रोप्न मिल र किसान संघले दवाव दिएपछि लगाएको उखु अहिले उखु काट्ने समय अघिनै सुकेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन । यो जातको उखु भारत सरकारले समेत प्रतिबन्ध लगाए पाईएको उनीहरुले बताएका छन । मिलले दिएको बिउ जति उखु रेडरड रातो सडन सुक्ने समस्या देखिएको छ । किसानको लगानी डुबिरहेको बताउदै आफ्नो मात्रै ३ विघाको उखुमा सुक्ने समस्या देखिएको उनले बताए । रिलायन्सले बीऊ दिएको क्षेत्रभरि नै यस्तो समस्या देखिएको उनको भनाई छ । उखु चाडै पाईने र चिनी बढी उत्पादन हुने भएकाले रिलायन्स उद्योगले किसान संघसँग मिलेर किसानलाई डुबाएको आरोप उनीहरुले लगाएका छन ।
‘ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बीऊ राम्रो नपरेकोले उखु सुकेको भन्दै किसानले क्षतिपूर्तिको माग राखेर सडक अवरुद्ध गरेको बताए । किसानलाई सम्झाई बुझाई गरेर बाटो खुलाएको बताउँदै उनले समस्या समाधानका लागि भोलि आईतबार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखिएको समेत जानकारी दिए । किसाहरुले आइतबारको छलफलमा उखु किसानले क्षतिपूर्ति पाउने सुनिश्चितता नभए पुनः आन्दोलन गर्ने बताएका छन ।
उनीहरुले समयानुकुल उखुको मुल्य बृदी , सिचाई र मलखादको ज्ञारेन्टी समेत हुनुपर्ने माग राखेको सघर्ष समितिका ईन्द्रदेव कुश्वाहाले बताए