बारा । समानुपातिकबाट बारा जिल्लामा प्रतिनिधि सभामा एक र मधेश प्रदेश सभा सदस्यमा चार जना चुनिएका छन् । राजनैतिक दलहरुले उनीहरुको नाम निर्वाचन आयोगमा सिफारिस गरी सकेपनि आयोगबाट उनीहरुले निर्वार्चित प्रमाण पत्र भने पाई सकेका छैन ।
आयोगले पुन नाम सच्याउने समय सोमबारसम्म तोकेको छ । समानुपातिक तर्फबाट बारामा नेकपा माओवादीका तर्फबाट नेपाल समाजवादी पार्टीका उमरावतीदेवी यादव परेकी छन । नेपाली काग्रेसका सहमामन्त्री एवम पुर्व मन्त्री फर्मुला मंसुर र महिला नेतृ मधु शाही समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा आउने विश्वास गरिएपनि पर्न सकेनन ।
मधेश प्रदेश सभाको सदस्य पदमा समानुपातिकबाट बारामा चार जना पर्न सफल भएका छन । नेपाली काग्रेसबाट मीनाकुमारी लामा, एमालेबाट मञ्जुकुमारी थापा मगर , नागरिक उन्मुक्ति पार्टीबाट रामचन्द्र चौधरी र एकीकृत समाजवादीबाट लक्ष्मी देवी चयन भएका छन ।