निजगढ नगरपाालिकाद्धारा सुत्केरी हुने महिलाहरुलाई थप प्रतिब्यक्ती रु एक हजार प्रदान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 797 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपाालिकाको आयोजनजनामा मातृ मृत्युदर र शिशु मृत्यु दर न्युनिकरण गर्न र स्वास्थ्य सस्थागत सुत्केरी हुने सख्यालाई बढाउने उद्धेश्यले निजगढ नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजित प्राथमिक स्वास्थ्य केन्द्र ( बर्थिङ सेन्टर) मा सन्तुतिल आहारका लागि प्रोत्साहन खर्च बितरण कार्यक्रम सम्पन्न भएको छ ।   सुत्केरी हुने महिलाहरुलाई नेपाल सरकारको सुबिधा भन्दा थप प्रतिब्यक्ती रु एक हजार निजगढ नगरपाालिकाद्धारा प्रदान समेत गरिएको छ ।

स्वास्थ्य शाखाका प्रमुख रमेश लामाको अध्यक्षतामा प्रमुख अतिथि उपप्रमुख सोममाया थिङ, बिशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, वडाअध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्रका ब्यबस्थापन समितिका अध्यक्ष रामचन्द्र कटवाल लगायतले कार्यक्रमका बारेमा मन्तब्य ब्यफत गरेका थिए ।

स्वास्थ्य शाखाकी सि.अ.न.मी. रामप्यारी तिमल्सिनाको सहजिकरणमा सम्पन्न कार्यक्रममा शाखाका सह सम्योजक मणिश्वर घिमिरेले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पारेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content