सिमरा । जनजागरण युवा क्लब बाराको आयोजनामा र युरेपियन युनियन र यकेएडको सहयोगमा नेतृत्व गर्ने सस्था भिएसओको सहयात्री सस्थाको अगुवाईमा पालिका स्तरमा नीतिगत संवाद तथा पैरवी कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका पाच वटा बिद्यालयमा १० हजार सिमाकृत बालिका र अपागता भएका बालबालिकाहरुलाई लक्षित कार्यक्रममा बिद्याालय नआउने बालबालिकालाई ल्याउने र १ देखि ५ सम्मका विद्यार्थिहरु र शिक्षकको क्षमता अभिबृदी लगायतको कार्यक्रम गर्ने मुल उद्धेश्य रहेको जनजागरण संस्थाका नरेश साहले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले कार्यक्रम प्रभावकारी हुनु पर्ने बताउदै नगरको तर्फबाट सक्दो सहयो हुने बताउनु भयो । कार्यक्रममा उपप्रमुख भोला अधिकारी , शिक्षा शाखाका शाखा अधिकृत हरिश भट्ट, प्रधानाध्यापक राजु अधिकारी, अपाङ संघका गगा बाग्ले , नेतृहिन कृष्ण तिमल्सिना लगायतले मन्तब्य ब्यप्त गरेका थिए । जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादबको अध्यक्षतामासम्पन्न कार्यक्रममा प्रस्तुतिकरण मनोज यादवले गरेका थिए ।