बारा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट गएराती वन्यजन्तु शिकार गरिरहेको अवस्थामा पाँच जना शिकारी पक्राउ परेका छन् । गस्तीमा रहेको निकुञ्जको विशेष गस्ति टोलीले उनीहरुलाई पर्साको जमुनिया खोलाबाट मृत जरायो र हातहतियार सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी १ का बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, काभ्रेपलान्चोकका दामोदर अधिकारी र काभ्रे नासिक गाविस ६ का मालदोङ्ग तामाङ रहेका छन् ।
निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेपछि उनिहरुलाई पछ्याउदै जादा जमुनिया खोलाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । शिकारी समूहले निकुञ्जको गस्ति टोली देखेपछि गोली प्रहार गरेपछि दुवै तर्फबाट दोहोरो फायरिङ समेत भएको थियो । आरक्षको गस्ति टोलीले तस्कर समूहको गाडिको टायरमा गोली हानी गाडि सहित शिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
गस्ती टोलीले उनिहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, १२ बोरको बन्दुक, त्यसमा लाग्ने गोली, दुई लाख ९० हजार नेपाली रुपैया सहित एक हजार दुई सया भारु नगद, नाईटभिजन बाईनाकुलर, आईफोन १४ प्रो म्याक्स मोवाईल सहित अन्य ५ थान मोवाईल समेत बरामद गरेको छ ।
बन्दुक पड्किएको आवाज सुनेपछि पछ्याउदै जाने क्रममा शिकारीको टोली भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले बताए ।
गस्ती टोलीले उनिहरुले प्रयोग गरेको करिब डेढ करोड मुल्य पर्ने बा५च ७८०५ नम्बरको ल्याण्डक्रुजर गाडि र प्रदेश २–०३–००१ च ३०९७ नम्बर बलेरो पिकअप सहित दुई वटा गाडी नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँचै जनालाई निकुञ्जको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी खड्काले बताए ।
निकुञ्जका रेन्जर विष्णु पौडेलको नेतृत्वमा सेना सहितको टोलीले सोमबार राती प्राप्त सूचनाका आधारमा करिब ४ घण्टा दोहोरो फयरिङ पछि बस्दोबस्तीको सामानसहित चोरी सिकारीलाई नियन्त्रणमा लिन सफल भएको हो । घटनामा सामान्य व्यक्तिको नभइ ठुलो माफियाको संग्लनता हुनसक्ने निकुञ्जका सूचना अधिकारी खड्काले जनाएका छन ।
पर्सा राष्ट्रिय निुकञ्जभित्र वन्यजन्तु सहित यति ठुलो परिणाममा बस्दोबस्तीको सामान चोरी सिकारी नियन्त्रणमा लिएको सम्भवतः यो दोस्रो घटना भएको निकुञ्जले जनाएको छ । यसअघि मकवापुर क्षेत्रमा वन्यजन्तु शिकारीसाग निकुञ्ज सेनाको दोहोरो फाईरिङ समेत भएको थियो । सूचना अधिकारी खड्काले सोमबार राती भएको घटनामा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार अनुसन्धान तथा कारबाही अगाडि बढाइने जनाएका छन । पुष्टी भई नसकेपनि पक्राउ परेको गाडी जसपाका नेता एवम सखुवा प्रसौनीका पुर्व नगरप्रमुख प्रदिप जैसवालको बलेरो र अशोक साहको ल्याण्ड क्रुजर रहेको बताईएको छ । बन्यजन्तु तस्कर समुहहरुले बन्यजन्तुको सिकार गरी सुकुटी बनाएर काठमाण्डौ लगेर महङ्गोमा बिक्री गर्ने गरेको बताएका छन् ।
निकुञ्जबाट दुई जरायो सहित पाँच शिकारी पक्राउ
प्रतिक्रिया
प्रतिक्रिया