राष्ट्रिय खेलकुद परिषद एक पछि अर्को गलत कार्य आफनो गल्ती सच्चाउन तेक्वान्दो संघ बिघटन – केन्द्रिय सदस्य गौतम

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

   खेलकुदको बिकास गर्न स्थापित राष्ट्रिय खेलकुद परिषद एक पछि अर्को गलत कार्यका कारण विवादित बन्दै आएको छ । देशमा प्रजातन्त्र आउनु भन्दा अघिदेखि स्थापना भएर दर्ता भई नियम अनुसार खेलकुद गतिबिधि गर्दै आएको नेपाल तेक्वान्दो संघ बिघटन गर्ने खेलकुद परिषद र खेलकुद मन्त्रालयको गलत निर्णयले खेलकुदमा कतिसम्म राजनिति छ र यसको अबस्था कस्तो छ प्रष्ट हुन्छ । अहिले राजनैतिक अखडा बनेको खेलकुद परिषदले एक पछि अर्को निर्णयहरु गलत गर्दै आएको यो एउटा उदाहरण मात्र हो ।

तेक्वान्दो संघमा आफना मान्छे भर्ति गर्ने र राजनैतिक दुनो सोझयाउने कार्यले नेपालमा कुनै पनि खेल र खेल संघको भबिष्य छैन भन्ने प्रष्ट गरेको छ । राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयले आफैले गरेको गल्ती सच्याउन तीन दशक अघि स्थापना भएको नेपाल तेक्वान्दो संघ बिघटन गर्ने निर्णय एक पछि अर्को गलत निर्णय हो ।
राष्ट्रिय खेलकुद परिषदलेनै तीन दशक अघि दर्ता नं २७ बाट दर्ता भएको नेपाल तेक्वान्दो संघलाई सौता हाल्ने गरी एकै प्रकारको खेल संघ पुनः दर्ता गरेर आफैले गल्ती गरेको सबैलाई जानकारी छ । बिधिवत सञ्चालन भई रहेको नेपाल तेक्वान्दो संघमा राष्ट्रिय खेलकुद परिषदले भर्खरै केही बर्ष अघि गलत मनसायले दर्ता नं. १०७ बाट राष्ट्रिय तेक्वान्दो संघ दर्ता गरी एकै प्रकृतीको दुई संघ दर्ता गरेको हो । एकै प्रकृतिको दुई संघ नहुने निती विपरित दर्ता गर्ने राष्ट्रिय खेलकुद परिषद अनि कार्वाहीको भागिदार नेपाल तेक्वान्दो संघ खेलकुद परिषद र खेलकुद मन्त्रालयले गरेको यस गम्भिर गल्ती तत्काल सच्चाएर पछि दर्ता भएको राष्ट्रिय तेक्वान्दो संघ विघटन गरी बिधिबत सञ्चालनमा रहेको तेक्वान्दो संघलाई गरेको विघटन नसच्चिए आगामी दिनमा तेक्वान्दो खेलको अबस्था अझै दयनिय हुने निश्चत छ । बिश्व तेक्वान्द्यो संघ र एशियाली तेक्वान्दो संघको मान्यता रहेको नेपाल तेक्वान्दो संघमा आफैले गरेको गल्ती सच्चाउन महासंघको नाम दिएर बिधिवत तेक्वान्दो संघ माथि भएको राजनितीलाई तेक्वान्दोको विवाद समाधान भएको मान्न सकिदैन ।

राष्ट्रिय तेक्वान्दो संघको आफै अध्यक्ष रहेका तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका शिव कोईराला आफै विवाद समाधान निरुपण समितिको संयोजक बस्ने अनि अन्तराष्ट्रियरुपमा मान्यता रहदै आएको बिधिबत नेपाल तेक्वान्दो संघ खारेज गरेर आफना मान्छे राजनैतिक भर्ति केन्द्र बनाउने निर्णयको तेक्वान्दो संघ आन्दोलनमा उत्रनु र अदालतको ढोका घचघच्याउनु बाहेक अर्को विकल्प छैन ।

जसले जे उद्धेश्यले दर्ता गरेको हो उद्धेश्य पुरा नभए त्यसको औचित्य समाप्त गर्नुको सट्टा ७७ जिल्लामा जिल्ला संघ र सबै प्रदेशमा प्रदेश समिति बिधिबत निर्वाचनको माध्यमबाट बनेको र बिधिबत केन्द्रिय समितिको निर्वाचन समयमा गरेर काम गर्दै आएको एकमात्र नेपाल तेक्वान्दो संघ बिघटन के कारणले कसको कारणले गरेको भन्ने औचित्य पक्कै पनि दिन सक्नु पर्छ । के कारण संघको बिघटन गरेको हो । के गल्ती संघबाट भएको हो जानकारी हुनु पर्छ । आरोपी आफै छानविन समितिमा बस्ने अनि आफै आफनो पक्षमा निर्णय गर्ने हो भने न्यायको सिद्धान्त भन्दा बाहिर हुन्छ । स्वतन्त्र मानिस बसेर हुने छानविनमा तेक्वान्दो संघ सामेल हुन्छ एकपक्षिय छानविन समिति बनाएर निर्णय लाद्ने काम परिषदबाट भएको छ । परिषदको यो ठुलो गल्ती हो सदस्य सचिब यसको भागिदार हुनु पर्छ । भो अदालत गएको अबस्थामा विघटन गर्नु पर्ने आधार स्पष्ट हुन नसकेको खण्डमा नैतिकरुपले राजिनामा दिनु पर्छ ।

आफैले उत्कृष्ट संघकारुपमा केही बर्ष अघि मात्र सम्मान गरेको एकमात्र तेक्वान्दो संघ कसरी अबैधानिक भयो भन्ने कारण पनि परिषद र मन्त्रालयले दिनु पर्छ । नेपालमा सबैभन्दा बढी पदक ल्याउदै आएको एक मात्र तेक्वान्दो संघमाथिको यो स्तरको कार्वाहीका लागि सबै खेल संघहरु आन्दोलित हुनु पर्छ । अन्यथा यो अरु संघमा पनि फेरी त्यस्तै प्रकृतीको अर्को खेल संघ दर्ता गरी बिधिबत संघ खारेज गर्ने र राजनैतिक हस्तक्षेप हुदैन भन्ने हुदैन । त्यसैले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको यस्तो गलत कार्यको बिरोध सबैले एकजुट भई गर्नु पर्छ ।

लेखक नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य हुनुहुन्छ ।

शेयर
प्रतिक्रिया
Skip to content