भारतीय नागरिक माथि गोली प्रहार गरी हत्या

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 631 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै एक भारतीय नागरिक माथि शुक्रबार साँझ गोली प्रहार गरी हत्या भएको छ । होटेलमा बसेर खाजा खाँदै गरेको अबस्थामा भारत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवमाथि गोली प्रहार भएको हो । यादबको उपचारको क्रममा बिरगन्ज स्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

जिल्लाका प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले यादब हिजोमात्र आफन्तको घरमा आएका र अपराधिक गतिबिधिमा सम्लग्न भएको देखिन आएकोले रिसिबीको कारण हत्या भएको हुन सक्ने प्रारम्भिक छानविनमा देखिएपनि थप विवरण छानविन पछि आउने बताउनु भएको छ ।  यादबसगै आएको थप दुईलाई पक्राउ गरी अनुसन्धान भई रहेको बोगटीले बताउनु भयो ।

यादवको छातीमा गोली लागेको छ । २ वटा मोटरसाईकमा ५ जनाको समुहमा आएका व्यक्तिहरुले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोछ । मोटरसाइकलमा आएका २ जनामध्ये एक जनाले गोली प्रहार गरी फरार भएका थिए । घटनाबारे अनुसन्धान सहित गोली हानी फरार भएकाहरुको खोजी तीव्र पारिएको छ । घटनापछि त्यस क्षेत्र र सीमा नाकामा व्यापक प्रहरी परिचालन गरिएको छ ।

कलैया९बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्प नजिक रहेको बाबानायक नामका व्यक्तिको होटेलमा घटना भएको हो । घाइते यादव महागढीमाई नगरपालिकाकै बरियारपुरमा मामा पर्ने एक आफन्त कहाँ एक दिन अघिमात्र आएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content