पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, सोमबार पद तथा गोपनीयताको शपथ

तराइ संचार
तराइ संचार 816 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ । नेपालको प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । दाहालले दोस्रो ठूलो दल नेकपा एमाले सहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

 आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को २ अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यससँगै दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिएका छन। । दाहाल यसअघि २०६५ र २०७३ मा ९र९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content