सिमरा । माओवादी एमाले सहित सात दलिय सरकारमा बाराले एक संघीय मन्त्रालय पाएको छ । माओवादी राजनितिबाट उदाएकी ज्वाला साह नेकपा एमालेबाट मन्त्रालय पछि तय हुने गरी प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र आठ अन्य मन्त्रीसगै उनी पनि परेकी छिन ।
नेकपा एमाले प्रतिनिधि सभामा बारा क्षेत्र नं. ३ बाट भर्खरै बिजयी भएकी साह २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन्। २०६६ मा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी साह पुनः पर्यटन राज्यमन्त्री भएकी थिईन ।
२०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ क बाट मधेश प्रदेशको प्रदेशसभामा निर्वाचित भएकी थिइन् । उनी नेकपा फुटेपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेकी थिइन्। उनी माओवादी छाडेर एमालेमा लागेपछि उनको प्रदेश सभा सदस्य पद गएको थियो । तर, त्यसको केही समय पछि उनले छोटो समयका लागि संघीय सरकारको कृषी मन्त्री बन्ने मौका पाएकी थिईन ।
साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह–इन्चार्ज थिइन् । सर्वोच्चले फागुन २३ मा नेकपाको एकता खारेज गरेपछि साह एमालेमा पनि ओलीतिर लागेकी थिइन् । उनी प्रदेश २ को एमाले अध्यक्ष समेत भएकी थिईन । हाल साह नेकपा एमालेकी पोलिटब्युरो सदस्य र मधेश प्रदेशको सहईन्जाज रहेकी छिन ।