निजगढमा बाघको आतंक , पौषमा मात्र दुई दर्जन पशुचौपाय बाघको शिकार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको निजगढमा बाघको आतंक देखिएको छ । दैनिक जसो घरपालुवा जनावर मार्न थालेपछि स्थानीय आतंकित बनेका हुन् । पर्सा राष्ट्रिय निकुञ्ज नजिकै रहेको निजगढ नगरपालिकाको वडा नं. ११, १२ र १३ रतनपुरी क्षेत्र बाघका कारण स्थानीय त्रसित भएका हुन ।

पछिल्लो समय हात्तीले निजगढ नगरपालिकामा घर तथा बालीको क्षति गरेको तथा पाटेबाघ खुल्ला गाउँमा पशु चौपाय मारेकोले स्थानीयमा त्रास पैदा भएपछि मानविय क्षती भविष्यमा हुन नदिन निजगढ नगरपालिकाले आज सोमबार सरोकारवालाहरुको छलफल कार्यक्रम समेत गरेको छ ।

पर्सा वन्यजन्तु निकुञ्जका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासिन्दा र संचारकर्मीसमेतको सहभागितामा भएको सो छलफल कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ११, १२ र १३ मा पर्ने रतनपुर क्षेत्रमा वन्यजन्तुले पुर्याएको क्षतिबारे पीडित स्थानीयले जानकारी गराएका थिए ।

   छलफल कार्यक्रममा आएका निजगढ वडा नंं १३ का वडा अध्यक्ष सुर्य घलानले निजगढ नगरपालिकाको रतनपुरी क्षेत्रमा पुषमा मात्र एक घरको सात सहित दुई दर्जन बढी पशु चौपाय बाघले खाएको बताए । गएराती रतनपुरीका कुमार गिरी र नरनाथ काफलेको गरी तीन बाख्रा बाघले खाएको छ । दुई दिन अघि ईन बहादुर अधिकारी र बालकृष्ण श्रेष्ठ र मान बहादुर खुलालको गरी दर्जन बढी खसी बाख्रा खाई सकेको नगरपालिकाको छलफल कार्यक्रममा सहभागीहरुले बताए । केही दिन देखि निरन्तर बाघले बाख्रा र पशु चौपाय खाएपछि स्थानीय आंतकित बनेको वडाअध्यक्ष घलानले बताए ।
पटकपटक बाघ गाउँ वरिपरि घुमिरहँदा गाउँले शान्तसँग हिडडुल गर्न समेत पाएका छैनन । साँझमा ढुक्कका साथ सुत्नै सकिदैन पटकपटक बाघ बस्ती वरिपरि घुमी रहदा बिद्यालय जाने बालबालिका बढी त्रसिद भएका छन ।

पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले निकुञ्जमा पाटेबाघ लगायत अन्य बाघ संख्या बढ्नु राम्रो भएपनि बस्तीमा हुने जोखिमबाट बस्ती जोगाउन अल्पकालिन र दीर्घकालीन योजना बनाएर काम गर्ने बताउनु भएको छ । भविष्यमा मानवीय क्षती हुन नदिन तत्काल सचेतना कार्यक्रम गर्ने, दोश्रोमा तारवार र स्थानीय सरकारबाट विभिन्न काम गर्ने तथा तत्काल क्षतिपुर्ति दिलाउन सहजिकरण गर्ने लगायतमा ध्यान दिने बताउनु भएको छ । बाघ बिगत सन २००७ मा क्षति ४वटा देखि सात वटा बाघ रहेकोमा अहिले ४१ बाघ पुगेकोले पनि केही समस्या देखिएको उनले बताए ।

क्षतिको बारम्बार घटना भईरहेको र स्थानीयको गुनासो आएपछि समस्याको निकासका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने, क्षतिपुर्ति तत्काल उपलब्ध गराउन पहल गर्ने , सुरक्षा गस्ती बढाउने र दिर्घकालिन समाधानका लागि योजना बनाएर काम गर्ने निर्णय भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताउनु भएको छ । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख साममाया थिङ्ग, निकुञ्जका प्रमुख सेनानी मुक्तिविक्रम शाह, नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content