जबरजस्ती करणी गरेको आरोपमा वडाअध्यक्ष सहित दुई जना पक्राउ

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । बारा जिल्लाको निजगढ नगरपालिकामा जबरजस्ती करणी गरेको आरोपमा वडाअध्यक्ष सहित दुई जना पक्राउ परेका छन । दुई छुट्टाछुट्टै घटनामा निजगढ वडा नं. २ का वडा अध्यक्ष राजु श्रेष्ठ र भारत घर भई निजगढ ९ मा डेरा गरी बस्ने लालबाबु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा खोजी कार्य तिब्र पारेसगै आइतबार राति वडाअध्यक्ष श्रेष्ठले ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्म समर्पण गरेका हुन । वडा नम्बर २ की एक १५ बर्षिय नाबालिकलाई जबर्जस्ती करणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नाबालिकालाई घरमा बोलाएर जबर्जस्ती करणी गरेको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी दर्ता भएको भएपनि वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।

दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिईन । श्रेष्ठ गत वैशाखमा भएको स्थानिए निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए । उजुरी पछि प्रहरीले किशोरीको असोज २५ गते नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराई जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी गर्दै आएको थियो । आरोपित श्रेष्ठ बाहिर आफूलाई असुरक्षित महसुस गरेर प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताए । उनलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको उनले बताए ।

जबर्जस्ती करणीकै आरोपमा पक्राउ परेका अर्का आरोपी चौधरीले यही पौष १५ गते निजगढ ९ मा डेरा गरी बस्ने एक १५ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । जबर्जस्ती करणीे गरेको बालिकाको दाज्युले खबर गरेपछि घटना लगत्तै प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । दुवैलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ .।

शेयर
प्रतिक्रिया
Skip to content