नेपाली सेनाको श्री नं. २८ बाहिनीको दिक्षान्त समारोह सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 371 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाली सेनाको श्री नं. २८ बाहिनी अड्डामा सञ्चालन भएको सैन्य आधार तालिमको अन्तिम दलेल कवाज दिक्षान्त समारोह बुधबार एक समारोह बिच सम्पन्न भएको छ ।


बाराको जितपुरसिमरा उपमहानगरको जितपुरमा रहेको बाहिनीको आयोजनामा भएको कार्यक्रममा तालिम प्राप्त गरी सेनामा नियुक्त भएका एक सय ४३ जना सिपाहीहरुले परेड तथा मार्चपास प्रदर्शन गरेका थिए । बाहिनीका बाहिनीपति प्रमुख सहायक रथी सानुकाजी थापाको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनीहरुलाई सपथ समेत गराईएको छ ।

नौ महिने तालिममा सिन्धुलीका भेष कुमार थापा सर्वोत्कृष्ट हुन सफल भएका थिए । कार्यक्रममा विएफ टि दौडतर्फ दिनेश बहादुर थिङ्ग , पाँच किलो दौडतर्फ लाल बहादुर कार्की, , फायरिङ्ग तर्फ दिपेन्द्र चौधरी, ड्रिल तर्फ छत्र रासकोटी, बाधापार तर्फ मनोज कुमार आले प्रथम भएकालाई प्रमुख अतिथि बाहिनिपति थापाले शुभकामना मन्तब्य दिदै मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा बारा पर्साका प्रमुख जिल्ला अधिकारीहरु कृष्ण बहादुर कटुवाल , उमेश ठकाल प्रहरी प्रमुखहरु ज्नप्रतिनिधिहरु, उद्योगी ब्यापारी, सेनाका अधिकृतहरु, स्थानीय अभिवावकहरु लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content