अबैधरुपमा संचालनमा रहेका बाराका सबै क्रसर उद्योग बन्द

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.6k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारा । गृह मन्त्रालयले देशभर अबैधरुपमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएसगै बारामा पनि अबैध क्रसर बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति बाराको संयुक्त अनुगमन टोलीले दर्ता, नविकरण नगरी अबैधरुपमा संचालनमा रहेका बाराका सबै क्रसर उद्योग बन्द गर्न लागेको हो ।

दर्ता नभएका तथा नवीकरण नगरिएका, सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ५३ ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न रहेका सबै क्रसर उद्योग बन्द गर्न लागिएको अनुगमनमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई दर्ता र नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएपछि बारामा दर्ता भएर नविकरण नभएका तर सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग २५ र ढुङगा गिट्टी क्रसर उद्योग २८ गरी ५३ उद्योग मध्ये आज आईतबार सम्म १७ बन्द गरेको छ ।

अबैधरुपमा निजगढ, जितपुरसिमरा र कलैयाका उद्योगहरुमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यको अगुवाईमा अनुगमनपछि बन्द गरिएको हो ।

क्रसरमा सप्लाई भएको विजुली काट्नुका साथै निकासी पैठारी र ओसारपसार प्रतिवन्ध लगाईएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।

लामो समय देखी उद्योग नविकरण नै नगरी अवैध संचालनमा रहेका क्रसरबाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न, निकासी पैठारी तथा ओसारपसारमा बन्देज लगाईएको उहाँले बताउनु भयो ।

अनुगमनका क्रममा कागजात पेश गर्न नसकेका उद्योगहरूको विद्युत प्रसारण काटिएको र मुचुल्का समेत गरी सबै सामाग्रीहरू सिल गरिएको छ । जिल्ला स्थित रहेका सम्पूर्ण क्रसर उद्योगको नियमित अनुगमन गरी दर्ता नविकरण नभएका अबैध क्रसर बन्द र ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न, निकासी पैठारी तथा ओसारपसार समेत अर्को ब्यबस्था नभएसम्म बन्द गरिएको उहाँले बताउनु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय बाराका अनुसार कार्यालयमा दर्ता रहेका बाराका २८ बालुवा तथा क्रसर उद्योग र २५ बालुवा प्रशोधन उद्योग दर्ता छन भने दर्ता नै नभएका समेत क्रसर उद्योग रहेको छ ।

केही समयदेखि क्रसर उद्योग दर्ता नगरी बालुवा प्रशोधनका नाममा दर्ता भएको उद्योगले ढुंगा, गिट्टी र रोडाका सबै काम गर्न थालेका छन । यिनीहरुले बालुवा उद्योगका नाममा क्रसर उद्योग चलाइरहेको बताईएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार साहले गृह मन्त्रालयको निर्देशन अनुरुप अबैधानिक क्रसर उद्योग बन्द गर्न लागिएको बताउनु भएको छ । उहाँले बैधानिक क्रसर उद्योग भए सञ्चालन गर्न दिईने बताउनु भएको छ ।

के छ ऐन कानुनमा बालुवा तथा क्रसर उद्योग दर्ता गर्न

क्रसर र खानीजन्य उद्योग सञ्चालन गर्न भूगर्भ विभागबाट स्वीकृति लिई स्थानीय तहबाट दर्ता गराई सञ्चालन गर्नुपर्छ । उद्योग सञ्चालन गर्दा कम्तीमा २० रोपनी जग्गा हुनुपर्छ । उद्योग सञ्चालन अघि वातावरणीय प्रभाव मूल्यांकनलाई अनिवार्य गरिएको हुनुपर्छ  । चुरे क्षेत्रमा त यस्ता उद्योग सञ्चालन गर्नै पाइँदैन । मापदण्ड–२०७७ अनुसार घनाबस्ती र वन क्षेत्रको २ किलो

मिटर, राजमार्गको ५ सय मिटर दूरीभित्रको नदी, सडक पुल र झोलुंगे पुलको १ किमि तल र ५ सय मिटरमाथि उत्खनन गर्न नपाइने उल्लेख छ ।
अर्को तर्फ क्रसर उद्योग सञ्चालन मापदण्ड अनुसार खोलाको किनारभन्दा ५ सय मिटर, हाइटेन्सन लाइन भन्दा सय मिटर, राजमार्गबाट ५ सय मिटर र शिक्षण संस्था, सुरक्षा निकाय लगायतका क्षेत्रबाट २ किलोमिटर बाहिर मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ ।

बारामा रहेको बालुवा तथा क्रसर उद्योग ९९ प्रतिशत अबैधानिक, १५ बर्ष अघिदेखिका बालुवा तथा क्रसर उद्योग नविकरण विनानै सञ्चालनमा

शेयर
प्रतिक्रिया
Skip to content